Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्रका गोताखोरले मानेनन् हार

काठमाडौं । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन कार्यालय सीमलताल बस दुर्घटनापछि फुर्सदमा छैन । बागमती प्रदेश सशस्त्र प्रहरी गणको टोली जुन ढंगले खोजतलासमा खटेको छ, त्यो रूपमा गण्डकी प्रदेश गण खटेन भन्ने पनि छैन । सो प्रदेश अन्तर्गत तनहुँ, लमजुङ, गोरखा, त्रिशुली, सेती, मादी, कालि हुँदै पूर्वी नवलपरासीको क्षेत्र नारायणी नदी पर्छ । तर गण्डकीबाट बागमतीले पाउनु पर्ने साथ पाएको छैन । विपत व्यवस्थापन कार्यालयले गोताखोर परिचालन ग¥यो । सेना–प्रहरी र सशस्त्रको टोली दैनिक खोजी कार्यमा लागेको छ । तर पानीमा डुबेका २ बस र सवार यात्रु सबै फेला परेका छैनन् । मृतकहरूको खोजीमा गोताखोरले पानीको गहिराईमा बस खोज्न विद्युतीय क्यामरा समेत प्रयोग गरेको छ तर धमिलो पानी त्रिशुलीको गहिराई क्षेत्रमा खोजतलासको काम सफल भएको छैन । भारतीय गोताखोर पनि ल्याइएको छ । भरतपुर २९ अन्तर्गत सीमलतालको पहिरो ठूलो छैन । जथाभावी सडकमा डोजर कुदेको असर देखिएको यो घटनाले चितवन जिल्ला प्रशासन, सुरक्षा अंगले आफ्नो कामको सफलता पाएका छैनन् । सीमताल भन्दा ५० किमी पर केही लाश भेटिँदा गोताखोर टोली हौसिएको थियो तर त्यो हौसलाले निरन्तरता पाएन । शुरुदेखिनै गण्डकी प्रदेश सक्रिय हुन्थ्यो भने चितवनको जनशक्ति दुई तिर बाँडिनु पर्ने थिएन । नदी तटीय क्षेत्र गण्डकी भन्दा बागमतीमा धेरै छ । बागमती प्रदेशले समन्वय गरे पनि भौगोलिकता र विकटका कारण गण्डकीले अपेक्षाकृत सक्रियता देखाएन । त्यो प्रदेश अन्तर्गत मुग्लिङ हुँदै नवलपरासी पूर्व ३८ र गैडाकोट सुस्ता २५÷२६ किमी पर्छ । सशस्त्रको सक्रियतामा नेपाली सेना र नेपाल प्रहरी सहयोगी छन् । त्यो जनशक्ति एकतर्फी खोजीमा लाग्थ्यो भने केही सफलता प्राप्त हुन्थ्यो कि भन्ने आशा हो । सरकारी तहबाट छिमेकी देशका प्रदेश सरकारसँग सहयोग खोजिएको थियो । लाश भारतीय भूमिमा पनि फेला पर्न थालेका छन् । बेपत्ता आफन्तको पीडा छँदैछ । बसमा डुबेकाहरू सकुशल त छैनन् । मृत शरीर मात्रै फेला परे पनि सतगत आफ्नो धार्मिक विधि अनुसार गरिन्थ्यो भन्ने हो । राज्यका तह सबै लागेका छन्, पीडित परिवार भने पीडामै छन् । सशस्त्र प्रहरीको दैवी विपत्तिमा खट्ने शक्ति असफल भएको घटना छैन । राज्यले त्यो शक्तिलाई सशक्त बनाउन समय अनुकुलका प्राविधिक बन्दोबस्त गर्न जरुरी छ । विपतका बेला आवश्यकत प्राविधिक औजारको व्यवस्था आवश्यकता आधारमा देशको सरकारले गरिदिएका भए गोताखोरहरू सफल हुन्छन् । काम खोज्ने सहयोग र प्राविधिक व्यवस्थापन जस्तो गर्नुपर्छ त्यो नगर्ने हो भने सशस्त्रले पाएको जिम्मेवारीमा सफलता हासिल गर्न कठिन हुन्छ । विपत व्यवस्थापनको छुट्टै इकाई खडा छ । त्यसको कार्यालय परिसरमा जमिन पनि प्रशस्त छ । तर गोताखोर तालिम गर्ने पौडी पोखरी पनि छैन । सेल्फि खिच्ने ठाउँ बनाएका हिजोका विपत व्यवस्थापन प्रमुख डिआईजीको जिम्मेवारी त्यही बढुवा पाएका हुनाले समय र आवश्यकताको अवस्था बुझ्ने र काम थाल्ने तर्फ ती नलाग्दा पछिल्ला प्रमुखहरू रन्थनीनु पर्ने स्थिति छ ।


सम्बन्धित समाचार