Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्रमाथि बालुवाटारको अत्याचार ?

काठमाडौं । पैसा भएपछि फौजी समूहको संरचना थिलथिलो पार्न पछि नपर्ने नेपाली काँग्रेस र बालुवाटारले सशस्त्र प्रहरीलाई लथालिंग बनाउँदैछ । २१ दिने आईजीपी पुष्पराम केसीको स्वार्थका लागि १९ वर्षसम्म एकै पदमा बसेर वृद्धि विकासबाट बञ्चित ठूलो समूहलाई प्रताडित बनाउन पैसाको बोरा बोकेर रमिता देखाइँदैछ । अदालतको आदेश सशस्त्र प्रहरी नियमावली समेत अध्ययन नगरी संस्थागत रूपमा निम्त्याइएको यस्तो लापरबाहीले चुनावको मुखमा ठूलो दुर्घटना पर्ने संकेत देखिएको छ । जबकि सर्वोच्चले समेत सेवा अवधि र पदावधि ऐनमा व्यवस्था गर्न दिएको आदेशको समेत ख्याल गरिएको छैन । अहिले आईजीपी केसीको योजना सफल हुँदा २ वरिष्ठ उपरीक्षक केही डिएसपीसहित २ दर्जन अधिकृतले फाइदा लिँदा ३७ हजारभित्र भने हलचल ल्याउनेछ । गृहमन्त्री बालकृष्ण खाँण सचिव टेकनारायण पाण्डेले संकेत दिएकै कारण सशस्त्रमा यस्तो भद्रगोल पैदा गराएको हो । पैसाले गर्ने काम नियम कानुनले हुँदैन । वर्तमान सरकार भ्रष्टाचारमा डुबेको कुरा राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी काण्डसँग जोडिएको ४० करोड भिœयाउने बझाङका पृथ्वी शाही हुन् । अर्थमन्त्री जनार्दन शर्माले सशस्त्र प्रहरीभित्रको उत्पीडित जमातको पीडा हेर्ने कि २० दिने आईजीपी केसीको ब्रिफकेश जनताले प्रश्न उठाएका छन् । नेपाल प्रहरीमा समेत हरेक आईजीपीको अवकाशको बेला ३० वर्षे सेवा अवधिलाई ३२ वर्षे बनाउने हल्ला चल्छ । केही दौडधूप पनि गर्छन् तर सफल नहुने अवस्था झेल्दै आएको छ ।
अर्थमन्त्री जनार्दन शर्मा आर्थिक रूपमा विवादित छन् । यो केशमा उनले साथ दिँदा एसएसपीहरू विश्वेश्वर थापा, रमेककुमार थक्सुले लाभ लिनेनै भए । सशस्त्रका काविल अधिकृतहरूको वृत्ति विकासमा असर पुग्छ । खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएका सिसनका अधिकृतहरूलाई झन ठूलो प्रभाव पार्दैछ । उनीहरूको बढुवामा असर पर्छ । आईजीपी केसीले आफ्नो स्वार्थ हेरेका छन् । उनको स्वार्थले एआईजी राजु अर्यालको ४ वर्षे सेवा अवधि २ वर्ष घट्ने छ । आईजीपी केसीबाट संस्थागत सुधारको आशा गर्न नसकिने वास्तविकता यो धन्दाले छर्लङ्ग पार्छ । २० दिने आईजीपी भएकोले सरकारी भवनमा समेत नसरेका पुष्पराम केसी चलखेल धेरै गर्ने आईजीपी थिए । उनले शैलेन्द्र खनाललाई सताउनसम्म सताएका थिए । लेखा समूहको बढुवा सिफारिश भएका अधिकृतहरूको बढुवा बाँकी छ । सरकारको गृहमन्त्रालयले समेत त्यो संस्थाको कानुन त्यहाँ १९ वर्षसम्म एकै पदमा जकडिएका अधिकृतहरूको पिडा समेत बुझ्न जरुरी नठान्नु भनेको नेतृत्वकै कमजोरी मान्नु पर्छ । स्वार्थबाहेक संगठनभित्रको वास्तविकता नबुझ्ने पुष्परामको चलखेलले यसको पुष्टि गरिसकेको छ । किनकि उनी शैलेन्द्र खनाललाई हटाएर आईजीपी बन्ने दौडमा थिए । उता, नेपाल प्रहरीमा वरिष्ठता, योग्यता, कार्यक्षमता, संस्थागत नेतृत्वको क्षमता जस्ता कुराको व्यापक चर्चा छ । वरिष्ठताको आधारमा एआईजी विश्व पोखरेल बालुवाटारको विश्वास जोडिँदा एआईजी धिरजप्रताप सिंहमध्येबाट आईजीपी बन्ने कुरामा दुईमत छैन । एउटै व्याजका पोखरेल र सिंहमध्ये शैलेश थापाले वैशाख १८ गते अवकाश पाउने छन् । प्रहरीमा थापाका ब्याजका धेरैले सँगै अवकाश लिन्छन् । एआईजीद्वय सहकुल थापा, रविन्द्र धानुक पनि दौडधूपमै छन् । सरकारले पत्याएको एआईजी आईजीपी बन्ने भएकाले पत्याइदेऊ भनेर धाउनु एउटा कुरा हो । तर थापा र धानुकको दौडधूपले काम गर्दैन भन्ने मत पनि ठूलो छ । सिंह भने आईजीपी हुने कुरामा ढुक्क बनेका छन् । प्रहरीले वैशाख १८ मा अवकाश हुने प्रदेश प्रमुखहरू केन्द्रमा तानेको छ । ती ठाउँमा हालै डिआईजी भएका पूजा सिंह बागमती, मसाउद खा मधेश, नलप्रसाद लुम्बिनी, मोहनकुमार आचार्यलाई सुदूरपश्चिम खटाएको छ तर कर्णालीका गणेश ऐर भने तानिएका छैनन् । उनी पनि प्रकाशजंग कार्की, उमेश रञ्जितकार, प्रकाश अधिकारी, पुरुषोत्तम कँडेलसँगै अवकाश पाउने हुन् । उता, राष्ट्रिय अनुसन्धान विभागमा भने १० गतेदेखि खाली रहेको एआईजी पदमा डिआईजी हुतराज थापाको बढुवा हुने चर्चा चलिरहँदा बालुवाटारले भने सुदूरपश्चिमका जोशीलाई च्यापेको हल्ला छ । जोशी कार्यक्षमतामा कमजोर भएकाले राष्ट्रिय अनुसन्धानमा पनि वरिष्ठतालाई नै जोड दिनुपर्ने सत्ता घटक माओवादी केन्द्रको अभिमत रहेको छ ।

 

प्रहरी बिगार्ने गुप्तचर
भन्नेले जेसुकै भनुन् वा कानुनले देखे देखोस् आईजीपीको दयाको पात्र भएपछि एसएसपी अशोक सिंहदेखि एसपी रामेश्वर यादव वा श्यामकृष्ण अधिकारी किन नहुन् सत्य सेवाको बदनाम गर्ने पात्र हुन् । राजनीतिक दबाव नसहने गित गाउँदै आईजीपी शैलेश थापाले आफ्नो कार्यकाल बिताएर वैशाख २० गते बिदा लिँदैछन्, उनको बिदाई अगावै आईजीपी बन्न शक्ति केन्द्र धाएका एआईजी विश्व पोखरेल, सहकुल थापालाई काँग्रेसले एमालेका बदनाम पात्रहरू ईश्वर पोखरेल, गोकुल बास्कोटा, महेश बस्नेतसँग जोडेको छ । संयोगवश प्रहरीका १४ एआईजी घटाउण्ने र विश्व पोखरेललाई एआईजी बनाएपछि उसले भनेको मादैन, ईश्वर हावी हुन्छ भन्दै केपीलाई बुझाएर अर्को काँग्रेस सहकुल थापालाई सिगारेका गोकुल र महेशकै कारण वर्तमान सरकारले धिरजप्रताप सिंहलाई च्यापेको हो ।
उता, एक दर्जन एसएसपी पद खाली भएको बेला प्रहरीमा गुप्तचर हावी भएको छ । जुन टोल काममा लगनशिल छैन । जिम्मेवारी पाएको ठाउँमा उठ्तीमै रमाएको यो समूहमा विमल बस्नेत, हिमालय श्रेष्ठ, माधव श्रेष्ठ, उमाप्रसाद चतुर्वेदी, डम्बर विक, सुरेन्द्र गुरुङ, सिद्धिविक्रम राणा, दिलीप देउवा, मनोज यादव, सञ्जीव दास, प्रकाशराज शर्मा, राजेन्द्र सिंह खड्का, जयराम सापकोटा, माधव बुढाथोकी रहेका छन् । स्व. खुमबहादुर खड्काले जबर्जस्ती गुप्तचरबाट प्रहरीमा प्रवेश गराएका निरीक्षकहरूको विरोध प्रहरीभित्रै भयो । उनीरुले कुनै तालिम लिएका थिएनन् । यो टोलीका विनोद घिमिरे, दिपक बस्नेत, रामप्रकाश शाह, टीका केसी, ओम राना, केदार खनाल, सुशील सिंह राठौर, दिपेन्द्र केसी, वामदेव गौतम, शारदा चौधरी, भष्मासुरका रूपमा चिनिन्छन् । काँग्रेसका लुटाहाहरूसँग सम्बन्ध भएकाले तीनले जिल्ला हाक्न पाएका हुन् । काँग्रेसकै पालामा गुप्तचरमा प्रवेश काँग्रेसबाट नै प्रहरीमा छिराएको समूहले संस्थागत बदनाम गरेको छ । राष्ट्रिय अनुसन्धानको भर्ना प्रहरीको रजाई गर्ने घुस्याहा र भ्रष्टहरूले एसएसपी बढुवाका लागि दौडधूप गर्न थालेपछि प्रहरीको कप्रमा पनि अन्योल थुप्रिएको छ । जहाँ डिआईजीको काम एसएसपी दीपक थापाले चलाएका छन् । उनी वैशाख २० गते डिआईजी हुने पक्का छ ।