Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्रले बनायो मिशन कार्यविविध

काठमाडौं । कार्यक्षमता अनुशासन र संगठनको स्वामित्व भन्दा सोर्स फोर्सको आधारमा सुविधा भोग गर्ने र मिशनका अवसर बारम्बार पाउने संस्कृतिको अन्त्य गर्दै सशस्त्र प्रहरीले मिशन कार्यविधि कार्यान्वयनमा ल्याएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा युद्धग्रस्त अफ्रिकी मुलुक मालीको किडलामा सशस्त्रको टोली पठाउने तयारी गर्दै गर्दा सशस्त्रको नयाँ कार्यविधि आएको हो । यो कार्यविधिले शसस्त्रमा भनसुन र सोर्स फोर्सले काम गर्दैन भन्ने देखायो । २००३ डिसेम्बर १९ बाट अफ्रिकी मुलुक लाइबेरियाबाट मिशन शुरु गरेको सशस्त्रले १७ जनवरी २०१४ बाट सुडानमा पनि मिशन खटाएको हो । यो नेतृत्वले अफ्रिकाको मालिमा मिशन थप गरेको छ । सशस्त्र सूचना अधिकारी शैलेन्द्र थापाका अनुसार नेपालबाट सशस्त्र प्रहरीको ६१ टोलीका ७७२४ जना मिशनमा परेका छन् । सीमा सुरक्षा, औद्योगिक सुरक्षा, भिआईपी र कुटनीतिक सेवामा आफ्नो टिमलाई चुस्त बनाउने गरेको छ । नेतृत्वमा पुग्न राजनीतिक लविङ गर्ने सोर्सफोर्सका भरमा कमाउने र सुविधा कब्जा गर्ने अभियानका बहादुरहरूलाई सशस्त्रको आन्तरिक कार्यविधिले थान्को लगाएको छ । वर्तमान आईजीपीको कार्यक्षमता र कुशलता यस्ता नीतिगत कामले झल्काउँछ ।