Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पूर्वी नवलपरासीको छिपछिपे सहकारी संस्था लिमिटेडमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सांसद् गीता बस्नेत सहित ३५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले आइतबार पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। आरोपीमध्ये १० जना मात्रै पक्राउ परेका छन्। सांसद बस्नेतसहित २५ जना फरार छन्। उनीहरुले ३ हजार १८८ जना बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ। ३५ जना प्रतिवादीहरुले १६ करोड ५६ लाख ९४ हजार ३१ रुपैयाँ ६२ पैसा हिनामिना गरेको आरोप छ। उनीहरुलाई सहकारी ठगीसँगै सम्पत्ति सुद्धिकरणमा पनि अनुसन्धान हुने भएको छ। यसका लागि यो मुद्दाको पुर्पक्षपछि विभागमा लेखि पठाउने र यो मुद्दामा छुट्ने भए उक्त मुद्दामा अनुसन्धानका लागि लैजाने प्रहरीको तयारी छ। सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशको छानबिन समितिको प्रतिवेदनका आधारमा प्रहरीले थप अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सोही आधारमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल