Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सहकुल थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले प्रहरी नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजीपी थापालाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डीआईजीबाट एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको थियो । नेपाल प्रहरीमा प्रशासनतर्फ चार एआइजी हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल थिए भने प्राविधिकतर्फ डा. आशा सिंह छन् । मन्त्रिपरिषद् बैठकले कृष्णहरि पुस्करलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको उनले बताए ।


सम्बन्धित समाचार