Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सहमतिपछि तोडियो २० औं अनशन

काठमाडौं । सरकारसँग १० बुँदे लिखित सहमति भएपछि प्राध्यायापक डा। गोविन्द केसीले २०औँ पटकको सत्याग्रहअन्तर्गत जारी अनशन तोडेका छन्। विभिन्न सात बुँदे मागसहित गत भदौ २७ गतेदेखि उनी अनशनमा थिए। अनशनको १३ औँ दिनमा सरकारसँग वार्तामा सहमतिपछि केसीले त्रिवि शिक्षण अस्पतालमा अनशन अनसन तोडेका हुन्।
केसीले त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामी अरमन अन्सारी र कुरुवा सरिता चौधरीको हातबाट जुस पिएर अनसन तोडेका हुन्। डा। केसीले गत भदौ २७ गते कैलालीको धनगढीमा २० औं सत्याग्रह थालेका थिए। आफ्ना माग नसुनेपछि केसीले प्रधानमन्त्री शेरबहादुर देउवाको गृहप्रदेशको राजधानी सहरमा अनशन थालेका थिए। भदौ २७ गते विभिन्न ७ बुँदे मागसहित धनगढीस्थित श्रीकृष्ण मन्दिरमा अनशनमा बसेको पाँचौ दिनमा सरकारले वार्ता टोली बनाएको थियो। प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा स्वास्थ्य र शिक्षा मन्त्रालयका सचिव सदस्य रहेको टोलीले डा केसी पक्षसँग वार्ता गरेको थियो।
केसीका एकजना सहयोगी प्रितम सुवेदीका अनुसार वार्ताका क्रममा सरकार माग पूरा गर्न तयार भएपछि सहमति जुटेको हो। यो सहमतिसँगै डा। केसीले शनिबारै राति अनशन तोडेका हुन्। धनगढीमा अनशनकै क्रममा समस्या भएपछि केसी आफैं टिकट काटेर काठमाडौं आएका थिए। उनलाई सुरुमा सरकारले ल्याउन खोजेको थियो। काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशनलाई निरन्तरता दिएका उनी पछिल्लो समय बिरामी परिसकेका थिए।
कैलालीको गेटा मेडिकल कलेज र धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका समस्या समाधान गर्न सरकार तयार भएपछि सहमति जुटेको हो। देशभरका सरकारी अस्पतालमा शय्याअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धि अनुसार अस्पतालरस्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै निःशुल्क औषधिहरू उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराउनुपर्ने माग केसीले अघि सारेका थिए। यस्तै, २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्नेस गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने उनको माग थियो।