Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंक र बैंकिङ सुबिधा सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यता राखि काभ्रे जिल्लाको साँगास्थित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटीएम संचालनमा ल्याएको छ ।
सबैको लागि बैंक, सबैका लागि बैंकिङ सुबिधा भन्ने उद्देश्यले बैंकले एटीएम सुबिधा सो स्थानमा सुरुवात गरेको बैंकले जानकारी दिएको छ ।
एटीएमको उद्घाटन चैत २४ गते शुक्रबार स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रको २१ औं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित एक समारोहकाबीच बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रका अध्यक्ष डा. शान्ता दिक्षितद्वारा गरिएको थियो ।
सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृतअशोक शमशेर ज।ब।रा लगायत बैंक तथा उक्त संस्थाका उच्चपदस्थका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
हाल बैंकले देश भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटीएमहरुबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल