Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सांसद अपहरण काण्डमा मुछिएकाहरुले मानव अधिकार आयोग गुहारे

काठमाडौं । नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै मानव अधिकार आयोगमा निवेदन दिएका छन् । सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालले सोमबार राष्ट्रिय मावन अधिकार आयोगको हरिहर भवनस्थित कार्यालय पुगेर आफूहरुले साबिक समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवको अपहरण नगरेको भन्दै निवेदन दिएका हुन् । तत्कालिन समाजवादी पार्टीका सांसद डा यादवलेसांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालले आफ्नो अपहरण गरी महोत्तरीबाट काठमाडौं ल्याएर बन्धक बनाएको आरोप लगाउँदै मानव अधिकार आयोगमा निवेदन दिएका थिए । सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालविरुद्ध प्रहरी तथा सरकारी वकिल कार्यालयले अपहरण तथा शरीर बन्धकको जोहरी नलिए पछि पूर्व राज्यमन्त्री समेत रहेका डा यादव राष्ट्रिय मानव अधिकार आयोग पुगेका थिए ।
डा यादवले आफ्नो मानव अधिकार संरक्षणको माग गर्दै सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालमाथि छानबिन गर्न माग गरेका थिए । आफूहरुविरुद्ध उजुरी परेपछि सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनाल पनि सोमबार आयोग पुगेका हुन् ।


सम्बन्धित समाचार