Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साउदीबाट झरे १५३ नेपाली

काठमाडौं । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्किने क्रममा छन् । सरकारले उनीहरुकै भाडामा उद्दार कार्य थालेको छ । कोरोना भाइरसको महामारीले साउदीमा अप्ठ्यारोमा परेका १५३ जना नेपाली काठमाडौं आइपुगेका हुन् । १५३ जना नेपाली लिएर आएको हिमालय एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेर ४५ मिनेटमा अवतरण गरेको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उक्त विमानबाट साउदीमा वैदेशिक रोजगारीको शिलशिलामा निधन भएका एक नेपालीको शव पनि ल्याइएको उनले जानकारी दिए ।
साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको यो पहिलो उडान हो । साउदीको दमामबाट हिमालय एयरलान्सले दोस्रो चार्टर्ड उडान भोलि शनिबार पनि गर्ने क्षेत्रीले जानकारी दिए । उक्त उडानमार्फत स्वदेश फिर्तीका लागि २२६ जना प्राथमिकतामा परेका छन् । यस्तै साउदीको रियादबाट नेपाल एअरलाइन्सले जुन २१ तारिखमा साउदीबाट उडान भर्नेछ । यो उडानमार्फत स्वदेश फिर्तीका लागि ४४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको छ ।
यस्तै आजै माल्दिभ्सबाट पनि १५० जना तथा कुवेत र कतारबाट पनि नेपालीहरु स्वदेश फर्कदै छन् । यस्तै यूएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन् । फर्कनेहरुमा अधिकांश महिला छन् । उनीहरूलाई लिएर उडेको नेपाल एयरलाइन्सको विमान साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने प्राधिकरणका प्रवक्ता क्षेत्रीले जानकारी दिएका छन् ।