Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साउन ७ सम्म खुकुलो लकडाउन

काठमाडौं। सरकारले जारी राखेको खुकुलो लकडाउन साउन ७ गतेसम्म लम्बिएको छ । कारोना महामारी नियन्त्रण गर्नका लागि गएको चैत ११ गतेदेखि लागु भएको लकडाउन आगामी साउन ७ गतेसम्मका लागि थपिएको हो। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले असाढ एक गतेदेखि लागु भएकै मोडलमा लकडाउन साउन ७ गतेसम्मका लागि थप्ने निर्णय गरेको हो । असाढ १ गतेदेखि जोर बिजोरमा निजी सवारी साधन चल्न दिइएको छ भने पसलहरुलाई पनि सिमितरुपमा खोल्न दिइएको छ। यही मोडलमै लकडाउनलाई थप्ने निर्णय गरिएको हो। कोरोनाको संक्रमण बढिरहेकाले सरकारले लकडाउन थप्ने निर्णय गरेको हो। सरकारले लकडाउन खुकुलो भए पनि सामाजिक दुरी, स्यानिटाइजर, मास्कको प्रयोगमा भने कडाई गरिने जनाएको छ।