Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साढे दुई अर्बको बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ५ अर्ब रुपियाँ बराबरको नागरिक बचतपत्र निष्काशन खुला गर्ने भएको छ ।
केन्द्रीय बैंकले पाँच वर्षे अवधिको ११.५० प्रतिशत वार्षिक ब्याजदर दिने गरी ‘नागरिक बचतपत्र २०८४ क’ निष्काशन खुल्ला गर्न लागेको हो । उक्त बचतपत्रको ६–६ महिनामा ब्याज भुक्तानी हुने राष्ट्र बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।
मुद्दती निक्षेपतमा पैसा राख्दा वाणिज्य बैंकहरुले दिने ब्याज भन्दा बढीमा राष्ट्र बैंकले सर्बसाधारणबाट पैसा उठाउन लागेको हो ।
यही फागुन १० गतेदेखि ३० गतेसम्म उक्त बचतपत्र निष्काशन खुला रहने राष्ट्र बैंकले जनाएको छ । २०७९ चैत ६ गते निष्काशन भएको उक्त बचतपत्रको साँवा भुक्तानी २०८४ चैत ६ गते गर्नु पर्ने सूचनामा उल्लेख छ ।
घटिमा १० हजार रुपियाँ र बढिमा कूल निष्काशित रकमको सीमा नबढाई रु १० हजारले भाग गर्दा भाग जाने अंकमा बचतपत्र खरिदका लागि आवेदन दिन सकिने छ ।


सम्बन्धित समाचार