Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सात अर्ब ठगीका मालिक इच्छाराजको कति हो कति सम्पत्ति तामाङले चाहे सजिलै तिर्न सक्छन् सम्पति बिबरण यस प्रकार छ

काठमाडौं। सिभिल सहकारीका निक्षेपकर्ताको करिब सात अर्ब रुपैयाँ ठगीको आरोपमा थुनामा रहेका घरजग्गा व्यवसायी इच्छाराज तामाङसँग काठमाडौं उपत्यकामै अर्बौंको सम्पत्ति रहेको फेला परेको छ।
उनको परिवारकै नाममा रहेको व्यक्तिगत सम्पत्तिसमेत अर्बमाथिको रहेको देखिएको हो। यसबाहेक पनि उनी अध्यक्ष रहेको सिभिल समूह र यस अन्तर्गतका विभिन्न कम्पनीहरुको नाममा रहेको जायजेथा प्रचलित मूल्यअनुसार अर्बौंको रहेको छ।

यसकारण तामाङले चाहे र तालुक सरकारी निकायले निगरानीका साथ सहजीकरण गरे उनी आफू तथा परिवारका नाममा रहेको र सहकारीबाट ऋण चलाएका उनका कम्पनीहरुको नाममा रहेको सम्पत्तिको व्यवस्थापनबाट सिभिल सहकारीबाट लिएको सात अर्ब हाराहारीको ऋण चुक्ता हुन सक्ने देखिन्छ।

बैकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका पूर्व सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष तामाङको मुद्दा अहिले अदालतमा बयान चलिरहेको छ। प्रहरीको अनुसन्धानमा इच्छाराजले सिभिल होम, सिभिल अपार्टमेन्टका नाममा सहकारीबाट धितो नै नराखी ऋण लिएको प्रहरीको अनुसन्धानमा देखिएको छ। तर उनले सहकारीबाट धितो नै नराखि लिएको ऋण भने फिर्ता गरेका छैनन्।

यसका बाबजुद इच्छाराजको सम्पत्तिले लिएको ऋण तिर्न भने सक्ने देखिन्छ। किनकी उनको आफ्नै, उनकी श्रीमती र आफन्तका नाममा अर्बौंको सम्पति रहेको खुलेको छ। काठमाडौंको किर्तिपुरमा मात्र उनको, श्रीमती सृजना शाक्य तामाङ र छोरीहरु प्रतिक्षा र प्रतिष्ठाका नाममा ३१ वटा कित्ता जग्गा घरसहित रहेको छ। यो जमीनको कुल क्षेत्रफल ६१३३ वर्गफिट अर्थात् १२ रोपनी ३ पैसा २।२३ दाम हुन्छ।

यससहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरुको नाममा रहेको ९८ रोपनी हाराहारी जग्गा रोक्का गर्न समेत माग गरेको छ।
तामाङले सबैभन्दा धेरै सम्पत्ति ९घरजग्गा० श्रीमतीको नाममा राखेको देखिएको छ। कीर्तिपुर नगरपालिकाको ट्याङ्लाफाँट क्षेत्रमा उनको परिवारका सदस्यको नाममा रहेका ३१ वटा कित्ता जमीनमध्ये २५ वटा श्रीमतीको नाममा नै राखेका छन्। ट्याङ्लाफाँटमा रहेको उनको निवास भने दुई छोरीहरु प्रतिक्षा र प्रतिष्ठाको नाममा रहेको जमीनमा बनेको देखिन्छ।

काठमाडौंको किर्तिपुर नगरपालिकामा ५७ दशमलब ३० क्षेत्रफलमा फैलिएको जग्गा स्वयं इच्छाराज तामाङको नाममा रहेको छ। सोही जग्गासँग प्रतिक्षा तामाङको नाममा ५ सय ५८ दशमलब ९५ वर्गमिटरमा जग्गा रहेको छ। त्यसबाहेक विभिन्न बैंकको शेयर र बैकमा रकम समेत रहेको छ। सिभिल बैंकमा मात्र संस्थापक शेयर सङख्या ४ लाख ४८ हजार ६ सय कित्ता शेयर रहेको इच्छाराजले नै बताएका छन्।

विभिन्न बैकहरुमा आफ्नो, आफ्नो परिवार तथा सिभिल होम्स समेतका कम्पनीहरुको खाता रहेको छ। सिभिल बैकमा संस्थापक शेयर संख्या ४४८६०० रहेको छ। सो बाहेक अन्य बैक, संस्था समेतमा शेयर रहेको छ। श्रीमती सिर्जना शाक्य, छोरीहरु प्रतिक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा समेत विभिन्न बैक, वित्तीय संस्था, कम्पनीहरुमा शेयर, काठमाण्डौ किर्तिपुरमा जग्गा जमिन छ अध्यक्ष तामाङले बयानमा भनेका छन्।

त्यति मात्र होइन सोल्टीमोडमा रहेको सिभिल सहकारीको भवनको मूल्याङ्कन समेत एक अर्बभन्दा बढी देखिएको छ। त्यस्तै सुन्धारामा रहेको सिटीसी मलको मूल्याङकन पनि अर्बभन्दा माथि नै रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ। त्यस्तै विभिन्न कम्पनीमा उनको नाममा अर्ब माथिको शेयर रहेको प्रष्ट खुल्न आउँछ। त्यस बाहेक श्रीमतीको नाममा पनि विभिन्न बैंकमा शेयरहरु रहेका छन्। जसको मूल्याङ्कन गर्दा निषेक्षपकर्ताको ठगिएको रकम फिर्ता गर्न खासैं हम्मेहम्मे नपर्ने देखिन्छ। बिजमाण्डु बाट

ट्याङ्लाफाँटमा रहेको घरजग्गा कसको नाममा कति?


सम्बन्धित समाचार