Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु भएको छ । विहीबार नेपाल र गौतमबीच भएको छलफलपछि एकता कार्य अगाडि बढेको एकता अभियानका नेता डीबी कार्कीले बताए । दुवै पार्टीका तर्फबाट दुई(दुई सदस्यीय कार्यदल बन्ने र उक्त कार्यदलले एकताको सम्पूर्ण खाका तयार पार्ने कार्कीले बताए । तर, शुक्रबार दुवैले कार्यदलमा रहने व्यक्ति तोकेनन् । कार्कीका अनुसार बुधबारभित्र कार्यदल बनिसक्ने र अर्को साताभर एकता कार्य टुंगोमा पुग्ने छ । वामदेव कमरेड जनताको बहुदलीय जनवाद छोड्ने पक्षमा हुनुहुन्न, माधव कमरेडले त्यसलाई अस्वीकार नगरेको भन्नुभएको छ, कार्कीले भने । एकीकृत समाजवादीले अगाडि सारेको २१ औं शताब्दीको समाजवादी कार्यक्रमभित्रै जनताको बहुदलीय जनवादलाई समेट्नुपर्ने गौतमको अडान छ । बिहीवारको वार्तामा गौतमले नेपाललाई पहिला पेश भएको २१ औं शताब्दीको समाजवादी कार्यक्रम त्रुटीपूर्ण रहेको भनेका थिए । नेपालले त्यो सच्याएको भनेपछि मतैक्यता भएको वार्ताका सहभागी कार्कीले भने । वार्तामा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, नेता प्रमेश हमाल र स्थायी कमिटी सदस्य बलराम बास्कोटा सहभागी थिए । वामदेवका तर्फबाट गौतम र कार्की थिए ।
२०८१ पुष ८
ताजा नेपाल
२०८१ पुष ८
ताजा नेपाल
२०८१ पुष ८
ताजा नेपाल