Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सामाजिक क्षेत्रकी रजनीलाई जिताउन सर्वत्र दबाब

सामाजिक सेवाको क्षेत्रमा विभिन्न संघ र संस्थामा संलग्न भएर लोकप्रीयता कमाएकी नेतृ रजनी थापाले काठमाडौं ५ नम्वर क्षेत्रिय सचिवमा उम्मेदवारी घोषणा गरेकी छन्। यही मंसिर ६ गते हुने पार्टीको संघीय निर्वाचन क्षेत्र क्षेत्रिय अधिवेशनमा थापाले क्षेत्रीय सचिवमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। युवा पुस्ताको सक्षम र सशक्त नेतृत्वको रुपमा आफुलाई समाजमा स्थापित गराइ सकेकी थापा २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालिन नेकपा एमाले, नेकपा माओबादी लगायतका दलहरुको गठबन्धनको उम्मेदवारसँग प्रतिष्पर्धा गर्दा नगर उपप्रमुख उपमेयरमा एक सयभन्दा कम मतले पराजित भएकी थिइन्। नेपाली कांग्रेस टोखा नगर समितिको सचिव भएर अनुभव बटुलेकी थापाले सिटीइभीटीको नेविसंघ केन्द्रीय उपाध्यक्ष, महिला संघ टोखा नगर सभापति तथा कांग्रेसको केन्द्रीय प्रशिक्षण विभागको प्रशिक्षकको रुपमा आफूलाई राजनीतिमा स्थतापित गराइसकेकी छन्। पीसीएल नसिंङ र बीएलको अध्ययन पुरा गरी राजनीतिशास्त्र, जनप्रशासन र गृहविज्ञानमा स्नातकोत्तर गरेकी थापा अन्तराष्ट्रिय सम्वन्ध तथा कुटनीति विषयमा विद्यावारिधी गर्दैछिन्। सामाजिक क्षेत्रमा सचेतना, जागरण, सेवा र विपतमा फसेकाको उद्धारमा सक्रिय थापाले रजनी सचेतना नेपाल फाउण्डेसनमार्फत धेरै काम गरेकी छन्। मिस नेसनल क्विन तथा मिस ट्यालेन्ट २०१२ विजेता थापा नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षक भएर देशभरी आफ्नो क्षमता र योग्ता प्रदर्शन गरेर लोकप्रीयता कमाइ रहेकी छन्। काठमाडौंको सचेत र बैद्धिक पार्टीका आमकार्यकर्तामा रजनी थापाको क्षेत्रिय सचिवको उम्मेदवारीको घोषणाले महिला कार्यकर्तामा उत्साह र प्रेरणा दिने राजनीतिक बृत्तमा चर्चा छ।


सम्बन्धित समाचार