Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सामाजिक सञ्जालको प्रेमलाइ निमोठ्दै ,परिवारै मिलेर गरे हत्या

सामाजिक सञ्जालको प्रेमलाइ निमोठ्दै , परिवारै मिलेर गरे हत्या

दैलेख । सामाजिक सञ्जालमा भएको प्रेमलाई विवाहमा परिणत गर्न भनेर बोलाएकी प्रेमिकासँग भेट भएकै दिन प्रेमीको हत्या भएको छ । प्रहरीको भनाइअनुसार दुई वर्ष लामो प्रेम सम्वन्धलाई विवाह परिणत गर्न भनेर वैदेशिक रोजगारी छोडेर प्रेमिका भेट्न दैलेख पुगेका सुरेन्द्रबहादुर शाही २८ को पुलबाट खसालेर हत्या भएको छ ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ लैनचौरका शाही महावु गाउँपालिका–५ काशिकाँधकी २७ बर्षिया गंगा वनलाई भेट्न पुगेका थिए । वन परिवारले मिलेर शाहीलाई पुलबाट खसालेर हत्या गरेको प्रहरीको भनाइ छ ।

हत्या आरोपित २७ बर्षिया गंगा वन, उनका बुवा ६३ बर्षिय नैने र ५६ बर्षिया आमा झक्कु वनलाई दैलेख जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको श्रेस्तेदार वीरन्द्रबहादुर मल्लले जानकारी दिए ।

विवाह गर्ने सल्लाहका लागि माइतीघर बोलाएकी प्रेमिकाले काँडासिरौला र काँशीकाँध जोड्ने रापट झोलुङ्गे पुल नजिक गत साउन १० गते हत्या गरी खोलामा बगाएको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला सरकारी वकिल कार्यालय दैलेखले जनाएको छ । उनीहरुविरुद्ध जिल्ला अदालतमा ‘कर्तव्य ज्यान’ अभियोगमा मुद्दा दर्ता भएको छ ।

जिल्ला न्यायाधिवक्ता द्रोणदत्त पौडेल तथा सहायक जिल्ला न्यायाधिवक्ता धर्मराज न्यौपानेको अभियोग दाबी र अधिवक्ता ललितबहादुर थापाको प्रतिरक्षा बहसपछि दैलेख जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट गएको मंगलबार ३ जना आरोपितलाई थुनामा राखी मुद्दाको तहकीकात गर्न आदेश भएको थियो ।

सामाजिक सञ्जालबाटै प्रेम सम्वन्ध भएको र विवाह गर्नेसम्मको सहमति भइसकेपछि मलेसियाबाट सुरेन्द्रले दुई वर्ष अवधिमा गंगालाई ४ लाख ४६ हजार रुपैंयाँ पठाएकोमा विवाह पनि गर्न नचाहने र रकमसमेत तिर्न नपरोस् भनी ती प्रेमिकाले षड्यन्त्रपूर्ण ढंगबाट हत्या गरेको अभियोगमा दाबी गरिएको छ ।

हत्या गरिएका सुरेन्द्र २०७९ असोज ३० गते मलेसिया पुगी ३३ महिनापछि गएको असार ३२ गते नेपाल फर्किएका थिए । सुरेन्द्र पढ्न बसेका भाइबहिनी र आफ्ना छोराछोरीसँग १० दिन सुर्खेतमा बिताएर असार १० गते मूलघर दैलेखको लैनचांैर जान छोडेर प्रेमिकालाई भेट्न जाँदा सामाजिक सञ्जालमा भएको प्रेम सम्वन्धले ज्यान लिएको छ ।

हत्या गरिएका शाहीका ४ वर्षको १ छोरा, ६ वर्ष र ८ वर्षकी २ छोरी छोडेर एक वर्ष अघि श्रीमति डल्ली शाहीले गाउँकै अर्को पुरुषसँग विवाह गरेकी थिइन् । सुरेन्द्रले विवाह गर्ने सहमतिमा मलेसियाबाट पटक–पटक गरी झण्डै ४ लाख ४६ हजार रुपैंयाँ पठाउन लगाएकी थिइन् । प्रेमिकाले योजनावद्ध तरिकाबाट हत्या गरेको भनी पीडित पक्षले प्रहरीमा उजुरी दिएको थिए ।

अविवाहित छु भनेकी ती महिलासँग विवाह गर्ने सहमतिमै सुरेन्द्रले रकम पठाउने गरेको र असार ३२ गते नेपाल फर्किएपछि विवाह कुरा गर्दा ती महिलाले यतिबेला भरखरै बज्यै बितेकोले भेट्न नसक्ने भनेकी, सुरेन्द्रको निरन्तर दवावपछि चाहिँ आफू विवाहिता भएको र छ वर्षको छोरी रहेको खुलाएपछि उनीहरु बीच विवाद भएको थियो ।

पहिले अविवाहिता हुँ भनेकी र पछि विवाहिता भएको, साथमा छोरी रहेको र त्यति ठूलो रकम खर्च भइसकेको अवस्थामा विवाह गर्ने वा नगर्ने भनी टेलिफोनबाटै सुरेन्द्रले सल्लाह मागेको विषयमा जे गर्छौ तिमीहरु निधो गर, तर केटी कस्तो हो राम्ररी बुझ्नू भनी आफूले राय दिएको सुरेन्द्रका बुबा बखत शाहीले सुनाए ।

पहिलेको श्रीमति एक वर्षअघि परपुरुषसँग विवाह गरी गएको घटनापछि सुर्खेतले कम्पनी राम्रो नपरेको भनी घरमा रकम पठाउन छोडेका विषयमा थोरतिन बचाई राखेको होला भनेका थियौं, अर्को केटीलाई पठाउने गरेको नेपाल पर्किएपछि सुरेन्द्रले आफूलाई भनेको र रकम पठाएको आईएमई रसिदबाट समेत खुलेको बुबा बखत जानकारी दिए ।

सुर्खेतमा पढ्न बसेका १९ वर्षकी बहिनी, १६ वर्षको कान्छो भाइ, आफ्नो सानो छोरी र छोरासँग १० दिन सुर्खेतमा बिताएर साउन १० गते विहान १० बजे मूल घर दैलेखको लैनचौरमा बस्ने बुबाआमा, आफ्नो ठूलो छोरी र माइलो भाइलाई भेट्न भनी सुर्खेतबाट हिंडेकै दिन सुरेन्द्रको हत्या भएको थियो ।

रापटदेखि करिब ३५ किलोमिटर तल कयलकुनास्थित छामघाट खोलाको किनारमा अपरिचित व्यक्तिको मृत अवस्थामा फेला पारिएको भनिएको शव दैलेख अस्पतालमा राखिएकोमा आफन्तहरुले साउन ११ गते दिउँसो मात्र सुरेन्द्रको शव भनी परिवारजनले पहिचान गरेका थिए । घाँटी थिचिएको, टाउको धारिलो हतियार प्रहार भएको शव परिक्षणको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

साउन १० गते विहान सुर्खेतदेखि चामुण्डाबिन्द्रासैनीस्ति आफ्ना आमाबुबालाई भेट्न हिंडेका सुरेन्द्र दैलेख सदरमुकामदेखि घरमा जाने योजना त्यागेर दिउँसो करिब ४ बजेतिर प्रेमिकालाई भेट्न सार्वजनिक यातायात साधन बोलेरोमा चढेर महाबु गाउँपालिका–४ गैडाबाज पुगी त्यहाँदेखि पैदल एक घण्टाको यात्रापछि रापट पुलमा पुगेर धेरैबेरसम्म त्यहाँ पर्खेको र त्यही हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटनाको अघिल्लो दिन साउन ९ गते महिनावारी भएकी भनिएकी गंगाले घटनाको दिन साउन १० गते राति सवा ९ बजेतिर पुलमा पुगेर सुरेन्द्रसँग भेट भइसकेपछि चाउचाउको पाकेट खोलेर खाएका र किनारमा गई विवाद भई सुरेन्द्रको हत्या गरी रापटखोलामा फालेको मुख्य आरोपित गंगाले भनेको प्रहरी अनुसन्धान प्रतिवेदनमा खुलाइएको छ ।

सुरेन्द्र नेपाल आउने थाहा पाए लगतै फेसबुक, इमो, ह्वाट्एप लगायतका सामाजिक सञ्जाल र मोवाइलमा समेत व्लक गरेकी, रोजगारीका लागि विदेश जाने योजनाका साथ राहदानी बनाएकी, रकम पचाउन हत्या गरेको हुनसक्ने परिवेशले जनाएको प्रहरी अनुसन्धान र अभियोगको अडान छ ।

मुख्य आरोपित गंगाले आफू रापट पुलमा पुग्दा सुरेन्द्रले पुलमा पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि डोरी काटेपछि सोझै खोलामा खसेर पानीले बगाएको भनेकी र आमाबुबाले समेत पटक पटक टेलिफोन सम्वाद गरेको कल डिटेलमा देखिए पनि आफूहरुले कुरै नगरेको र उनीहरुको प्रेम सम्वन्ध थाहै नभएको भनी कुरा लुकाएको थुनछेक बहसमा सहायक जिल्ला न्याधिवक्ता न्यौपानेको जिकीर थियो ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल