Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेपछि सरकारले सार्वजनिक यातायातको भाडा पनि घटाएको छ। स्वचालित मूल्य प्रणालीअन्तर्गत डिजल र पेट्रोलको मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो।
नेपाल आयल निगमले आइतबार मध्यरातबाट लागु हुनेगरी डिजलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो। त्यसैलाई आधार बनाएर विभागले यात्रुवाहक सवारीसाधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराइले जानकारी दिए ।
‘घटेको भाडादर आजदेखि नै लागु हुन्छ, त्यसको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ,’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, ‘पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी मूल्य घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने वैज्ञानिक भाडादर कायम सम्बन्धी कार्यविधिको व्यवस्था छ। त्यही कार्यविधिमा रहेर भाडा समायोजन गरिएको छ।’
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भएर मूल्य घट्ना साथ सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर समायोजन गर्न मन्त्री ज्वालाले आइतबार नै मातहतको निकायलाई निर्देशन दिएका थिए।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल