Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरुसँग समन्वयमा ग्राहकहरुका लागि विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराएको छ।
बैंकका ग्राहकले नक्सालको आबुरी रेस्टुरेन्टका सेवाहरुमा अधिकतम १० प्रतिशत छुट पाउने छन्। वी कयेर हेल्थ सेन्टरका सेवाहरुमा अधिकतम १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
यसैगरी भद्रकालीको फन ल्यान्ड इन्टरटेनमेन्ट प्रालिको प्रवेश शुल्कमा ४० प्रतिशत छुट पाउने भएका छन् भने धरानको टस्क माउन्टेन बाइक स्टोरबाट बाइ–साइकल खरिद गर्दा खरिद मूल्यमा अधिकतम ८ प्रतिशतसम्म छुट पाउनेछन्।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न डिजिटल कारोबार गर्दा छुटको व्यवस्था मिलाएको हो।
बैंकका देशभरी १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाईहरुबाट करिब १५ लाख ६५ हजार ग्राहकलाई सेवा दिइरहेको छ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल