Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिद्धार्थ बैंकको लाभांश पारित

काठमाडौं । सिद्धार्थ बैंकले प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । पुस ३० गते सम्पन्न बैंकको २०औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो । सभाले बैंकको चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर तथा ०.७५ प्रतिशतको नगद लाभांश बोनस शेयर कर प्रयोजनका लागि मात्र प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
हाल बैंकको चुक्ता पुँजी १० अर्ब ९६ करोड रुपैयाँ छ । १४.२५ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ पुग्ने छ ।
विसं २०५९ सालमा स्थापना भए देखिनै सिद्घार्थ बैंक ग्राहकवर्गको चाहाना बमोजिम सेवा प्रदान गर्न प्रतिबद्ध रहदै आएको छ । बैंकले हालसम्म १८९ शाखा, २०८ एटीएम, ११४ शाखारहित बैंकिङ्ग, १,८९० पि ओ एस् मार्फत देश भरीनै आफ्नो सञ्जाल विस्तार गरेको छ ।