Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिद्धार्थ बैंकको साढे ५ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको साढे ५ लाख कित्ता सेयर बिक्री गर्न लागेको जानकारी दिएको छ ।
बैंकका अनुसार संस्थापक सेयरधनी प्रदीप कुमार केडियाको नाममा रहेको ४ लाख ५४ हजार ५६३ कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को ९५ हजार १० कित्ता गरी ५ लाख ४९ हजार ५७२ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको मूल्य तोकिएको छैन ।
बैंकको सेयरमा इच्छुक जोकोही लगानीकर्ताहरुले आवेदन दिन पाउने छन् । सेयर खरिद गर्न इच्छुकले ७ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ ।


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल