Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिद्धार्थले थप्यो दुई नयाँ शाखा

काठमाडौं । आङ्खनो सेवालाई चुस्त दुरुस्त बनाउँदै सेवा विस्तारमा कस्सिएको सिद्धार्थ बैंकले दोलखाको चरिकोट एक शाखा र अर्को एक शाखारहित बैंकिङ सेवा इकाइका साथै रामेछापको गोकुलगंगामा शाखा कार्यालय खोलेको छ । बैंकले एकै पटक दुई शाखा र १ शाखारहित बैंकिङ सेवा इकाइ खोलेको हो ।
चरिकोट शाखाको उद्घाटन भिमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी, शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकका प्रबर्द्धक सेयरधनी आत्मकृष्ण श्रेष्ठ र गोकुलगंगा शाखाको उद्घाटन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले गरेका छन् । बैंकको देशभर शाखा १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ सेवा, १६९ एटिएम र १३ सयभन्दा बढी पिओएस छन् ।