Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिन्धुपाल्चोक पहिरोमा १३ जना बेपत्ता (अपडेट)

काठमाडौं । २२ घर पुरिने गरी गएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी पहिरोमा १३ जना पुरिएको आशंका गरिएको छ । पहिरोले पुरिएका १३ घरमध्ये पाँच परिवारका १३ जना सम्पर्कविहीन भएको बताइएको छ । पहिरोले घरमा पुरिएका र निस्कन सक्ने अवस्थामा रहेकाहरु सुरक्षित ठाउँमा पुगिसकेका छन् । पहिरोको कारण ३० घर जोखिममा परेको छ । उद्दारका लागि घटनास्थलबाट ७ किलोमिटर टाढा झिर्कुबाट नेपााली सेनाको टोली र कात्तिके तथा जलविरेबाट प्रहरी घटनास्थल पुगेको छ । सभामुख अग्निप्रसाद सापकोटा नेपाली सेनाको हेलिकप्टरबाट त्यसतर्फ लागेका छन् । उद्धारका लागि अरु तीनवटा हेलिकप्टरबाट सुरक्षाकर्मीलाई त्यसतर्फ पठाउन लागिएको बताइएको छ ।