Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिलवालले मच्चाए खेलमा द्धन्द

काठमाण्डौ–प्रतिस्पर्धाको नाममा तत्कालिन प्रम केपी ओलीको कृपामा राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिबमा दोसो्र पटक प्रबेश गरेका रमेश सिलवालले खेल जगतमा द्धन्द मच्चाईदिएका छन् । शैक्षिक माफीयाका रुपमा परिचीत सिलवालको ह्वाइट हाउस कलेजमा मेडिकल शिक्षाको परिक्षामा चीट चोराएर कारबाहीमा पर्नु पर्ने यो टीमलाई ओली सरकारले संरक्षीत गरेको थियो । यीनै सिलवालले राजनितिक नियुत्ति लिएर सरकार परिबर्तनसंगै नैतिकताका आधारमा सदस्य सचिब पद त्याग्न सक्नु पर्थो ।
तर उनि खेलकुद मत्री र सरकार बिरुद्ध अदालत गएका थिए । राजनिति नियुित्त लिएकाहरुले सरकार परिबर्तनसंगै नैतिकताका आधारमा पद त्याग्ने परम्परा नेपाली राजनीति चरित्रले ग्रहण गरेन । खेलकुंद मन्त्री महेश्वर गहतराजको सिफारिसमा राष्ट्रिय खेलकुंद परिषदमा सदस्य सचिबका रुपमा सरकारले टंकराम घिसिङ्घलाई नियुत्ति गरेको हो । सिलवाल कार्तीक १मा हटाइएका थिए ।
राजनीति द्धन्दमा फस्ने र खेल क्षेत्रलाई प्रभाब पार्ने काम बिगतमा पनि हुन्थे । यसपटक सत्ता गठबन्धनले एमालेको नेतृत्वमा सरकार चल्दा भएका नियुत्ती परिबर्तन गर्नु स्वभाबिक हो । तर खेलकुदसंग जोडीएका संघ संस्थाले बुझ पचाएका छन् । राजनीतिले सबै तिर ग्रस्त बनाएको छ । राजनीतिक हस्तक्षेप बिना पेशागत सस्था चल्न दिने र चलाउने संस्कारनै बसेको छैन् । कानुनी रुपमा अपराध गरेका चरित्रहरुलाई दलका नेताले कांध हाल्नुनै गलत हो ।


सम्बन्धित समाचार