Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले सीटीईभीटीलाई चारवटा निर्देशन दिएका छन् । बिहीबार बसेको बैठकमा अध्यक्षको हैसियत मौजुदा पाठ्यक्रम सुधारी नवप्रवर्तनलाई समावेशलगायत निर्देशन दिएको मन्त्री पुनले सामाजिक सञ्जालमा जानकारी गराएका छन् ।
यस्ता छन् बैठकका निर्णयहरुः
१. मौजुदा पाठ्यक्रमलाई सुधार गरि नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्त भित्र पेश गर्ने ।
२. एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको परीक्षाफल ३ महिनाभित्र अनिवार्य रुपमा प्रकाशन गर्ने व्यवस्था गर्ने ।
३. सीटीईभीटी कार्यालयमा विद्यार्थी, अविभावक र शिक्षकहरुको गुनासो सुन्ने र प्राप्त गुनासो को अभिलेखिकरणरसम्बोधन गर्ने शाखा तुरुन्त बनाउने र सञ्चालनमा ल्याउने ।
४. २०६९ साल देखि अहिले सम्म सम्बन्धनको लागि प्राप्त भएका सम्पूर्ण आवेदनहरु छानबिन गरि असोज मसान्त भित्र रिपोर्ट पेश गर्ने र सम्बन्धन दिने नदिने निर्णय तुरुन्त गर्ने ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल