Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
१२ साउन, काठमाडौं । आसाम र मिजोरमको सीमा क्षेत्रमा भएको भिडन्तमा आसाम प्रहरीका ६ जना मारिएका छन् । आसामका मुख्यमन्त्री हिम्मत विश्व सरमाले ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् । मारिनेहरु सीमा सुरक्षामा खटिएका जवानहरु हुन् ।
आसाम र मिजोरमको सीमामा सोमबार सुरक्षा बल र आम नागरिकबीच झडप भएको थियो । झडपमा गोलीसमेत चलेको थियो ।
यो घटनाका कारण आसामका मुख्यमन्त्री सरमा र मिजोरमका मुख्यमन्त्री जोरामथांगाबीच आरोपप्रत्यारोप चलेको थियो । केन्द्रीय गृहमन्त्री अमित शाहले दुवै राज्यका मुख्यमन्त्रीलाई शान्ति सुव्यवस्था कायम राख्न निर्देशन दिएका थिए ।
आसाम र मिजोरमबीच लामो समयदेखि विवाद छ । मिजोरम र त्रिपुराबीचमा पनि सीमा विवाद छ । यी विवाद मिलाउन भारतको केन्द्र सरकारले हस्तक्षेपसमेत गरेको थियो ।
सीमा विवादकै कारण गत वर्ष पनि यहाँ तनावको स्थिति सिर्जना भएको थियो ।
आसाम र मिजोरमबीच १६५ किलोमिटर लामो सीमा जोडिएको छ । सीमा निश्चित गर्ने प्रयास सन् १९९५ देखि नै चल्दै आएको छ तर अहिलेसम्म यो कामले पूर्णता पाएको छैन । यही कारण दुई राज्यबीच बेलाबेलामा विवाद हुने गर्दछ ।
आसामको लैलापुर जिल्ला विवादित सीमा क्षेत्रमध्ये एक हो । यसको ठूलो क्षेत्रमा मिजोरमले दाबी गर्दै आएको छ । यही विवादका कारण यहाँका धेरै व्यक्तिहरुले सरकारी सुविधा पनि पाएका छैनन् ।
गत वर्ष आसामका एक जना सरकारी अधिकारीले भनेका थिए ‘भारतमा अहिले पनि धेरै लद्दाखहरु छन्, जहाँ सीमा विवाद सदियौंदेखि चल्दै आएको छ, थाहा छैन कहिलेसम्म चलिरहन्छ
२०८३ भाद्र २६
ताजा नेपाल
२०८३ भाद्र २६
ताजा नेपाल
२०८३ भाद्र २६
ताजा नेपाल