Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सीमा विवादमा मध्यस्थता गर्न ट्रम्प तयार

एजेन्सी । ६ वटा छिमेकीसँग भारतको सीमा विवाद भइरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतबीचको सीमा विवादका विषयमा अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका छन् । बुधबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले ती दुई देशबीचको सीमा विवादका विषयमा मध्यस्थता गर्न तयार रहेको बताएका हुन् । यसअघि पनि राष्ट्रपति ट्रम्पले काश्मिरको मुद्दामा भारत र पाकिस्तानबीच मध्यस्थता गर्ने बताएका थिए । उक्त प्रस्तावको भारतले तत्काल अस्वीकार गरेको थियो । भारतले त्यसलाई आफ्नो देशको आन्तारिक मामला भनेर टारिदिएको थियो । यो पटक राष्ट्रपति ट्रम्पले मध्यस्थकर्ताको प्रस्ताव गरे पनि भारतले प्रतिक्रिया दिइसकेको छैन । उता, चीनले भने भारतीय सीमामा स्थिति पूर्ण रुपमा नियन्त्रणमा रहेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजयानले दुवै देशसँग यो समस्याको समाधान गर्ने संयन्त्र मजवुद रहेको बताएका छन् । मन्त्रालयका प्रवक्ताको यो प्रतिक्रिया लद्दाखस्थित सीमा क्षेत्रमा दुई देशका सेनाबीच तनाव जारी रहेकै बेला बाहिर आएको हो ।
प्रवक्ता झाओले बेइजिङस्थित कार्यालयमा नियमित पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको शिखर बैठकको सन्दर्भ जोड्दै भने, ‘हामीले दुई देशका शीर्ष नेताहरुको बैठकपछि भएका महत्वपूर्ण सम्झौताहरुको कडाइका साथ पालना गरिरहेका छौ ।’ चिनियाँ र भारतीय सेनाबीच पछिल्लो एक महिनामा दुई देशको सीमानामा ३ पटक झडप भएको छ । लद्दाखमा पछिल्ला दिन पनि तनाव सृजना हुने संकेत देखा परिरहेको छ । चिनियाँ सेनाले भारतीय सेनाको गस्ती टोलीलाई नियन्त्रणमा लिएका खबरहरु समेत सार्वजनिक भैरहेका छन् ।