Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुटिङ अगाडि नै रेखाको उपहार विवादमा

रेखा थापाले बनाउन लागेको नयाँ फिल्म ‘उपहार’ सुटिङमा जानुअघि नै विवादमा तानिएको छ । केही दिनअघि फिल्मका कलाकार फाइनल गर्दै सुटिङमा जाने तयारीमा रहेको यो फिल्म यसका कथाकार सुलक्षण भारतीका कारण विवादमा तानिएको हो । सुलक्षणले फेसबुकमार्फत फिल्मप्रति आपत्ति जनाएपछि फिल्मको विवाद सार्वजनिक भएको हो । सुलक्षणले फेसबुकमा उपहारको तस्वीर राख्दै ‘रेखाजी र देउजाजी दुबै प्रति गम्भीर आपत्ती प्रकट गर्न चाहन्छु । मेरो वान लाइन वा कथामाथि मेरो अनुमति र पारिश्रमिक बिना नै काम गर्न खोज्नु कतिसम्म न्यायोचित होला ? मेरो प्रश्न ?’ भन्दै स्टाटस लेखेपछि विवाद सार्वजनिक भएको हो । उनको स्टाटसमा ‘उपहार’का निर्देशक ज्ञानेन्द्र देउजाले ‘लाइक’ गरेपछि कमेन्टमा सुलक्षण र ज्ञानेन्द्रबीच आरोप प्रत्यारोप चलेको छ । सुलक्षणले ‘प्रश्नको जवाफ मागेको हो ज्ञानेन्द्र जी । थम्स अप होइन’ भनेर लेखेपछि ज्ञानेन्द्रले प्रतिउत्तरमा ‘यसको जवाफ कोसँग कुरा भएको हो, ऊसँग माग्ने गर–अनि पैसो लिएर कन्सेप्ट पनि डेभलप नगरी हिँड्ने तिमी हैन र भाई–तिम्रो कारणले वैशाखमा बन्ने फिल्म आजसम्म बन्न नसकेको हैन र भाई–आजसम्म तिमी सम्पर्क प्रोड्युसरसँग सम्पर्कमा नआउने पनि तिमी हैन र–तिमीले पैसो लगेर चैत्रमा स्कृप्ट बुझाउँछु भनेर आजसम्म किन प्रोड्युसरसँग सम्पर्क गरेनौ’ भन्दै जवाफ फर्काएका छन् ।
ज्ञानेन्द्रको जवाफमा सुलक्षणले ‘तपाईंहरुबाट यो कुरा आउँछ भनेर मलाई पक्का नै थियो, न त म सम्पर्कबाट बाहिर छु न त तपाईंहरु नै, मैले पुरै कथा लेखेर र त्यसमाथि पुन गरेको काम र लेखेको पुर्ण कथा तपाईंहरुलाई पठाएको इमेल मसँग पनि छ र तपाईंहरुसँग पनि छ । अब सम्पर्कमा को र किन आएन त्यो बहस को विषय होइन’ भनी लेखेका छन् । उनले अगाडि लेखेका छन्– ‘तपाईंहरुसँग अग्रिम भुक्तानीको रुपमा ७५००० लिएको छु । तर यहाँ कुरा पैसाको होइन मेरो कन्सेप्ट को हो यदि पैसा फिर्ता चाहनु हुन्छ भने म फिर्ता गर्न तयार छु तर मेरो कथा र कन्सेप्टमाथि म खेलबाड गरेको कसरी सहन सक्छु होला र । कि त मेरो कथा र कन्सेप्टमा काम नगर्नुस । गर्नुहुन्छ भने मेरो अधिकार मलाइ दिएर मात्र गर्नुस । कथामा वान लाइन महत्वपुर्ण हुन्छ न कि स्क्रिप्ट । स्क्रिप्ट त वान लाइनको आधारमा बनाउने हो । मेरो वान लाइन भनेको मेरो कन्सेप्ट हो । त्यसलाई त्यति सजिलै कसरी तपाईंको बनाउन सकिन्छ र रु आई निड जस्टिस नट आर्गुमेन्ट । आउनुस ज्ञानेन्द्रजी बौद्धिक सम्पत्तिको संरक्षणको बारेमा बहस गरौं ।’ जवाफमा ज्ञानेन्द्रले सम्बन्धित ठाउँमा सम्पर्क गर्न लेखेका छन् । सुलक्षणले ‘आजको समयमा सम्बन्धित ठाउँ भनेकै यो प्लेटफर्म हो । मलाई बहसबाट न्याय चाहिएको हो अदालतबाट होइन ज्ञानेन्द्र जी । म बहसको लागि तयार छु । आउनुस बहस गरौ । यो विषयको सम्बन्धित मान्छे तपाईं र रेखाजी हुन्नुहुन्छ’ लेख्दै प्रश्न गरेका छन् ।
सुलक्षणले ‘तपाईंहरु फिल्म बनाउदा जनतामा जान तयार हुनुहुन्छ बहसको लागि किन जनतासँग भाग्नु हुन्छ । आउनुस् समाजको अगाडि उभिएर कुरा गरौं । यो यस्तो ठाउँ हो जहाँबाट आउने पुस्तालाई पनि बौद्धिक सम्पत्तिको बारेमा ज्ञान दिन सकिन्छ’ भन्दै बहसमा आउन चुनौती दिएका छन् । फिल्म निर्माण पक्षले फिल्ममा लेखकका रुपमा अभिमन्यु निरवीलाई राखेको छ । तर सुलक्षणले आफ्नो कथा भए पनि कथामा क्रेडिट नभएपछि सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेको बुझिएको छ ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल