Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुदूरपश्चिममा शुरु भयो माओवादीको जागरण अभियान

काठमाडौं । सत्ताबाट हट्नु पर्दाको फुर्सदको समयमा माओवादीले जनता सम्झिएको छ । नेकपा माओवादी केन्द्रले झापाबाट सुरु गरेको तराई मधेश जागरण अभियान कञ्चनपुर पुगेर समापन हुँदैछ । हुलाकी राजमार्ग केन्द्रित अभियान टोली हिजो साँझ कैलाली प्रवेश गरेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको केन्द्रीय पदाधिकारीलगायतको टोलीलाई साँझ ५ बजे टीकापुर नगरपालिकाको सत्ती कर्णालीमा स्वागत गरिएको थियो। प्रचण्ड नगर अध्यक्ष धनसिंह साउदको घरमा सुतेका थिए । बिहान सूर्यपुरदेखि सत्ती बजारसम्म प्रचण्डले मर्निङवाक गर्दै कैलाली कञ्चनपुरमा जागरण अभियानको शुभारम्भ गरेका थिए । बिहान ८ बजे टीकापुर ८ सूर्यपुरमा सहिद परिवार भेटघाट,९ बजे देखि १० बजेसम्म वडा नं ९ को झुंगामा जनसभा कार्यक्रम र ११ बजे कैलारी गाउँपालिका ५ वैसपुरमा सहिद परिवार भेटघाट कार्यक्रम रहेको माओवादी केन्द्रले जानकारी दिएको छ। साढे १२ बजे कैलारी गाउँपालिका(५ वैसपुरमा जनसभा,दिउँसो साढे २ बजे सम्म धनगढी उपमहानगरपालिकाको डिपोबजारमा सहिद परिवार भेटघाट र साढे ३ बजे धनगढीको ओम पार्टी प्यालेसमा अन्तरक्रिया कार्यक्रम रहेको छ । त्यसपछि अभियान टोली हुलाकी राजमार्ग हुँदै कञ्चनपुर जाने छ । आज साँझ साढे ५ बजे अभियान टोलीलाई कञ्चनपुरका लागि धनगढी भन्सारबाट बिदाइ गरिने छ। १६ गते साँझ पुनर्वास नगरपालिका ११ डोकेबजारमा अभियान टोलीलाई स्वागत र गुम्बा निरीक्षण तथा पुनर्वास नगरपालिकाको कार्यालयमा स्वागत भेटघाट गरी वडा नं २ मोतिबस्तीमा बास बस्ने तयारी छ। भोलि बिहान पुनर्वास नगरपालिका २ मोतिबस्तीमा मर्निङवाक गर्ने छन् । ७ देखि ८ बजेसम्म मोतिबस्तीस्थित सहिद स्मृति सभा हलमा सहिद परिवार भेटघाट,साढे ९ देखि १० बजे बेलौरी नगरपालिका ५ स्थित रामनगर खानेपानी उद्घाटन, सहिद सालिक माल्यार्पण तथा सोभाताल अवलोकन र १०ः१५ बजेदेखि ११ बजेसम्म बेलौरी नगरपालिकाको सभा हलमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम रहेको माओवादी केन्द्रले जनाकारी दिए। १७ गते दिउँसो १ बजेदेखि साढे १ बजेसम्म बेलडाँडी गाउँपालिकाको चौवन्नी बजारमा भेटघाट र २ देखि साढे २ बजेसम्म बेदकोट सामादैजी हुलाकीमार्ग पश्चिम प्रवेशद्वारमा अवलोकन, सहिद परिवार भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । वैशाख १७ गते साढे ३ बजेदेखि ५ बजेसम्म भीमदत्त नगरपालिका(४ स्मारक चोकमा अभियान समापन कार्यक्रम रहेको छ।त्यसपछि अध्यक्ष प्रचण्ड कार्यक्रम सकेर काठमाडौं फर्किने छन् । अभियानमा प्रचण्डसहित नारायणाजी श्रेष्ठ, अग्नि सापकोटा, नन्दकिशोर पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल लगायतको सहभागिता रहेको छ।


सम्बन्धित समाचार

वाम एकताका बाधक को ?

२०८२ बैशाख १६

ताजा नेपाल

सत्ता हस्तक्षेपले तड्पिनु परेन

२०८२ बैशाख १६

ताजा नेपाल

निजी मेडिकल कलेज पोस्न सरकारको तयारी

२०८२ बैशाख १६

ताजा नेपाल