Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुध्रिएको हो त नेकपाको नेतृत्व !

पाटी भन्दा व्यक्ति सर्वेसर्वा हुने प्रवृतीले नेकपाको नेत्तृव्व आलोचित छ । नेताहरु सरकारी भत्ता खाने पद नपाउदाँ पानी बाट पाखामा फालिएका माछा जस्तै भएका छन् । तिनका निमीत्त पाटकिो विधि विधान नियम पद्धतीको ख्याल गरीदैन । नियम कानुन भनेको गरीब वेसहारा निमुखा को लागी मात्र हो । यो कुरो सत्य सावित भयो जति बेला प्रधानमन्त्री केपी ओलीले आफ्ना विश्वास मात्रहरुलाई सरकारी सुविधा लिने भता खाने स्थान हरुमा क्षमता र योज्यताको ख्याल नगरी धमाधम नियुक्ति गराए । त्यो वेला पाटीको कही गणना गरीएन । पाटी केवल पाटीका रुपमा मात्र रहयो । त्यसले राष्ट्रका जल्दाबल्दा समस्याका बारेमा गम्भीर चिन्ता र चासो देखाएन । पाटीको विधान विधानका रुपमा मात्र स्थापित छ त्यहाँ व्याख्या गरीएका विषयहरुले ठाउँ पाएनन् । कम्युनिष्ट पाटीले जब बर्गीय धरातल छोड्छ व्यक्ति गत स्वार्थ र कमाउँ अभियानमा नेताको ध्यान केन्द्रीत हुन्छ । त्यती खेर सिद्धान्त र आर्दश देखावटी मात्र हुन्छन् ।
यही प्रविधि नेपाली काग्रेस जस्तो प्रजातन्त्रीक पाटीमा पनि रहेको छ । त्यहाँ पुराना काग्रेसहरु अनुसासनका नाउँमा पाटी सदस्यबाट खेदिन्छन् । संस्थापक नेता विपी कोइरालालाई फासीको माग राख्ने पन्चायती निरकुशताका प्रतिक सुर्य बहादुर थापाका छोराहरु प्रजातान्त्रीक ठानिन्छन् । भुमीगत गिरोहले परिचालन गरेका शक्ति हरुलाई प्रजातन्त्र स्थापना हुनासाथ पैसा लिएर माफी दिलाएको फल यती खेर काग्रेसले भोगी रहेको छ । यही पारा र चरित्रले नेकपालाई समेत घेरेको छ । तर पनि नेताहरुको चेत खुलेको छैन । एक कार्यकाल पाटीको निमित्त मात्रै समय दिन नसक्ने नेतृव्वमा जे सुकै भएपनि पदको निमीत्त देखाइएको चमत्कार यहीले छरपस्ट हुदै छ । उपाध्यक्ष बामदेव गौतम जस्ता नेताहरु सरकारमा आवश्यक छन् । बोलेको कुरा निणर्यमा पुर्याउने साहसी नेताको खाचो पुरा गर्न पाटी सचिवालयले फागुन चौध गते गरेको निणयलाई ६ महिना पुरा गरी कार्यन्ययनमा ल्याइएको छ । अध्यक्षको तहबाट प्रम केपी ओलीले पाटीको निणर्य अनुसार चल्न खोजेको संकेत देखिएको छ । यो सकारात्मक पक्षलाई इमान्दारीता पुर्वक आगामी २ वर्ष कार्यन्ययन गरीयो भने नेकपाले अब पनि बहुमत प्रात्त गर्न सक्छ । कमाउनका लागी राजनितीलाई समाज सेवा होइन व्यवसाय बनाएपछि नाफा खाटाको कुरा आउछ । त्यही कारण नेताहरुले मन्त्री परिषदमा पठाउँने सांसदहरु छानिदाँ होस वा राजनिती नियुत्ती दिलाइदाँ होस क्षमता र योग्यताको ख्याल गरेका छैनन् । चाकडी प्रथा नेकपा भित्र मौलाएको छ । गुटको निमीतm प्रधान मन्त्री केपी ओलीले भ्रष्ट्रचारीहरुलाइृ कार्वाही हुन बाट बचाएर आफ्नै बदनाम गरेको अवस्थामा सचिवालयको सिफारिस गर्नु पनि नयाँ आयाम मान्नु पदर्छ । अबको लडाई मन्त्री परिषद पुनरगठनमा देखिदैछ ।
नेतृव्वले पाटी विधान र निर्वाचन घोषणा पत्रलाई खोस्टो बनाउँदाको प्रतिफल वेभिचारी र अत्याचारीले उम्कीने मौका पाएका हुन् । आफुलाई पद प्राप्तीका निमित्त विधि र पद्धती खोज्ने थैलेहरुलाई प्रधानमन्त्री ओली कमजोर नहुनु भन्ने लाग्दो हो । तिनले ओलीलाई घेरेर आफ्नो स्वार्थ पुरा गरे एकिकृत पाटीलाई गुटमा बदले केन्द्र देखि स्थानिय तहसम्म गुटकै आधारमा मौकाको फाइदाँ लिनेहरु सफल भए तर पाटीको प्रतिष्ठा भने बचाएनन् । जिउदो नेताको नाउँमा प्रतिष्ठान खोलेर विषालु सर्प फारम स्थापना गर्ने पुर्व प्रधानमन्त्री झलनाथ खनाल पनि केपी भन्दा कम रहेनछन् । यो मामीलामा माधब र प्रचन्डनै अछुतो भए । प्रम ओलीले सिकाएको शिक्षा अनुसार गुटको खेतीमा लाग्नु उनीहरुको बाध्यता बन्यो तर पाटी निती र सिद्धान्त लागु गरीएन । भ्रष्ट्रचार विरुद्ध नेतृव्वले खबरदार गरीदिएमात्र पुग्दछ । तर अहिले सम्म नेतृव्वले ध्यान दिएन । बामदेव गौतम जस्ता आटीला र जोसीला नेताका निमित्त सरकारी पद जरुरी थिएन तर संस्कारले सबैको चरित्र पर्दशन गर्दछ । त्यस्तै चरित्रलाई पुर्णता दिनका निमीत्त पनि नेकपालाई निस्वार्थ रुपमा परिचालन गर्ने सरकारबाट जनहीतकारी कार्यक्रम ल्याउने नेताको आवश्यकता पर्यो नकी विदेशीहरु द्धारा परिचालीत र तिनकै इसारामा बजेट ल्याने गरीब मार्ने व्यापारी र राजश्वमारा हरुलाई कमाउने अवसर दिने डाक्टर युवराज खतीवडा जस्ता नालायकहरुको बाटो छोटीयो । खतीवडाले प्रधानमन्त्री ओलीलाई कति दिएका थिए र गुन तिर्नका नितीत्त साहीकाल देखि गणतान्त्रीक समय सम्म निरन्तर सत्ताको निकट रहेर लुट्ने अवसर दिएका हुन् खोजी त अबपो हुने छ ।