Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुन तस्करी मुद्दामा अभिनेत्रीलाई जमानत

सुन तस्करी मुद्दामा मंगलबार आर्थिक अपराध अदालतले कन्नड अभिनेत्री रान्या रावलाई सशर्त जमानत दिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई दुई जमानतकर्ता र २ लाख रुपैयाँ धरौटीमा अदालतले रिहाको आदेश दिएको हो। उनीसँगै अर्का अभियुक्त तरुण कोन्डराजुले पनि ससर्त जमानत पाएका छन्। अभिनेत्री रावले जमानत पाए पनि उनी हिरासतबाट बाहिर आउन भने पाएकी छैनन्। किनभने केन्द्रीय सरकारी एजेन्सीहरूले उनीविरुद्ध विदेशी मुद्रा संरक्षण र तस्करी रोकथाम ऐनअन्तर्गत अर्को मुद्दा दर्ता गरेका छन्। आर्थिक अपराधसम्बन्धी विशेष अदालतका न्यायाधीश विश्वनाथ सी गौदरले जमानत दिँदा केही सर्त लगाएका छन्। उनले कुनै पनि सर्त उल्लंघन गरेमा जमानत तुरुन्तै रद्द गरिने बताएका छन्। अभिनेत्री रान्या राव उर्फ ​​हर्षवर्धन रान्यालाई मार्च ३ मा बेंगलुरु विमानस्थलको राजस्व गुप्तचर विभागले १४।८ किलो सुनसहित पक्राउ गरेको थियो। बरामद सुनको मूल्य लगभग १२ करोड रुपैयाँ रहेको बताइएको छ।


सम्बन्धित समाचार

रास्वपाको विधानले बालेनको बाटो छेक्छ ?

२०८२ फाल्गुन २८

ताजा नेपाल

जनतालाई दिए ओलीले धन्यवाद

२०८२ फाल्गुन २८

ताजा नेपाल