Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुन तोलाको ९० हजार ७ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भ्एको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो साता कारोबारको पहिलो दिन तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।