Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको असर्फी छाप्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालीदेखि असर्फी छाप्ने भएको छ । दुई वर्षदेखि रोकिएको असर्फी छाप्ने कार्यको तयारी करिब पूरा भएको छ । २०७२ सालको भूकम्पको कारण ढलेको धराहरा पुननिर्माण गर्न सुन्धारामा रहेको राष्ट्र बैंकको टक्सार विभाग हटाइएको थियो । सुन्धाराबाट टक्सार हटाएपछि विगत २ वर्षदेखि राष्ट्र बैंकले असर्फी छाप्न बन्द गरेको थियो ।
सुन्धारामा रहेको राष्ट्र बैंकको टक्सार विभाग बबरमहलमा भाडामा बस्दै आएको छ । सोही स्थानमा असर्फी छाप्ने मेसिन जडान गरेर काम सुरु भएको हो । विभागले साढे २ ग्राम, ५ ग्राम र १० ग्रामका सुनका असर्फी छाप्नेछ । असर्फी छाप्नको लागि विभागले आज डेमो पनि गरेको थियो । आज परीक्षण सफल भएपछि यसपालीको तिहारमा सर्वसाधारणलाई विक्रीका लागि उपलब्ध गराउने गरी काम अघि बढाउन राष्ट्र बैंक लागेको छ ।
तिहारको लक्ष्मीपुजा तथा धनतेरसको दिन सुन तथा चाँदीका सामान खरिद गरेर घरमा राख्ने परम्परा चलिआएको छ । बबरमहलामा मेसिन जडान गरिसकिएको र सुन बाहेक चाँदी लगायतका सिक्का छाप्ने कार्य पनि चाँढै सुरु हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।