Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको मूल्य घट्यो

काठमाडाैं । साताको पहिलो दिन आइतबार सुन तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार प्रति तोला ४ सय रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्यमा भने प्रति तोला १० रुपैयाँले घट्दै आइतबार १ हजार ३१० रुपैयाँ कायम भएको छ ।