Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

काठमाडौं । तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ४१ हजार ९०० रुपैयाँ छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला रु २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै तिहारपछि चाँदी पनि तोलामा रु २ सय ६५ रुपैयाँ घटेको छ। कात्तिक ३ गते प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३ हजार १५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको हो। अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल