Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको मूल्य तोलामा २०० र चाँदी ५ रुपैयाँ घट्यो

काठमाडौं। साताको दोस्रो दिन पनि सुनचाँदीको कारोबार मूल्य घटेको छ। गत शुक्रबारका तुलनामा आइतबार सुन तोलाको ४०० र चाँदी १५ रुपैयाँ घटेको थियो। सोमबार सुन तोलामा २०० र चाँदी ५ रुपैयाँ घटेको छ।
सुनको कारोबार मूल्य सोमबार प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो।
गत पुस १८ मा प्रतितोला १ लाख १ हजार ७ सय थियो। भोलिपल्ट ९ सयको बढोत्तरी हुँदै १ लाख २ हजार ६ सय भएको सुन त्यसयता घट्न सकेको थिएन। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य कमजोर भएसँगै गत साताको अन्तिमबाट भाउ घट्न थालेको छ।
चाँदी सोमबार प्रतितोला १२ सय ५५ रुपैयाँ छ। आइतबार तोलाको १२ सय ६० मा कारोबार भएको थियो भने गत शुक्रबार १२ सय ७५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्य क्रमिक कमजोर हुँदै गएको तथ्यांक छ। सुन सोमबार प्रतिऔंस १८०८.९४ डलर छ। आइतबार प्रतिऔंस १८११.०६ डलरमा कारोबार भएको थियो। यसअघि गत बिहीबार १८२८.९३ र शुक्रबार १८२५.११ डलर थियो।
चाँदीको पनि कारोबार मूल्यमा पनि लगातार गिरावट छ। सोमबार चाँदी प्रतिऔंस २०.६८ डलर छ। आइतबार २०.७६ डलरमा कारोबार भएको थियो। गत बिहीबार प्रतिऔंस २१.६५ डलरले कारोबार भएको चाँदी शुक्रबार २१.३ डलर भएको थियो।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल