Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको मूल्य तोलामा ९ हजार ५००ले घटेको छ।

आज नेपाली बजारमा सुनको मूल्य तोलामा ९ हजार ५००ले घटेको छ।
चाँदीको मूल्यमा पनि गिरावट आएको छ, हिजोको तुलनामा ६२० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी दुवैको भाउ ह्वात्तै घटेको हो ।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ तोकेको छ । बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम थियो ।

यसरी हेर्दा आज सुनको मूल्य तोलामा एकैदिन ९ हजार ५०० रुपैयाँले घटेको छ ।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । हिजो प्रतितोला ५ हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी, महासंघले आज १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार ८५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ४ हजार २७० रुपैयाँ तोकेको छ ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल