Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आज फेरि सुनचाँदीको मूल्यले अहिलेसम्मकै महँगो रेकर्ड कायम गरेको छ। गएको शुक्रबार तोलामा २१ सय बढेको सुनको मूल्य आज २८ सय बढेर दुई लाख ७० हजार ६ सय पुगेको हो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको बुधबार र बिहीबार दुई दिन लगातार घटेको सुनको मूल्य शुक्रबार र आइतबार फेरि बढेको हो। सुनको मूल्य शुक्रबार दुई लाख ६७ हजार आठसय रुपैयाँ थियो। यही पुस १३ गते सुनको मूल्य दुई लाख ७० हजार ६ सय पुगेर फेरि सस्तिएको थियो। आज फेरि सुनले पुरानै मूल्यको उच्च रेकर्ड कायम गरेको हो। त्यसैगरि आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा २१० रुपैयाँ बढेर चाँदीको भाउ आज तोलाको चार हजार नौसय ९० रुपैयाँ कायम भएको छ। चाँदीको यो मूल्य पनि हालसम्मकै महँगो हो।
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल