Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनौली नाकाबाट चार दर्जको उद्दार

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ ले भैरहवाको सुनौली नाकामा अलपत्र परेका आफ्ना ४७ जनाको उद्धार गरेको छ । महानगरपालिकाको समन्वयमा बडा नं। २८ ले भारतको हैदरावादबाट सुनबल आएका ४७ जनाको उद्धार गरी ल्याएको हो । उद्धार गरिएकामा २८ का ३८ र अन्य स्थानका ९ गरी ४७ छन् । वडाध्यक्ष आशबहादुर कुमाल र स्थानीयवासी श्याम अधिकारीसहितको टोलीले महानगरले उपलब्ध गराएको बसमार्फत उनीहरुको उद्धार गरेको हो । वडाध्यक्ष कुमालका अनुसार २८ का ३८ जनासँगै २२ का ३ जना, १७ र २१ का दुई/दुई जना, राप्ती नगरपालिका ८ र नवलपरासीको कावासोतीका समान एक÷एक जनाको उद्धार गरिएको हो । शुरुमा नाम टिपाउँदा सबैले आफ्नो ठेगाना वडा नं. २८ नै भने पनि उद्धारका लागि सुनवल नाका पुग्दा उनीहरु फरक–फरक वडाका पाइएको वडाध्यक्ष कुमालले बताए । ‘जहाँका भए पनि नेपाली नागरिक नै भएकाले सबैको उद्धार ग¥यौं,’ वडाध्यक्ष कुमालले भने, ‘उद्धार गरिएकालाई सम्वन्धित स्थानीय तहको वडामा जिम्मा लगाइएका छौं । वडा नं. २८ का ३८ जनालाई वडा कार्यालयले व्यवस्थापन गरेको क्वारेन्टिनमा राखिएको छ । उनीहरुलाई सरस्वती माध्यमिक विद्यालय जितपुरको क्वारेन्टाइनमा राखिएको छ । यस्तै, केहीलाई शिशावास आधारभूत विद्यालय र लौखोरी आधारभुत विद्यालयको क्वारेन्टिनमा राखिएको उद्धारमा खटिएका स्थानीय श्याम अधिकारीले जानकारी दिए । घर फर्किन चाहने थप नागरिकलाई पनि छिट्टै उद्धार गर्ने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ ।