Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुरक्षा समूहमाथि हस्तक्षेपको आशङ्का

काठमाडौं । देशको समृद्धि र विकासको निम्ति निष्ठा र त्यागको आवश्यकता छ । राजनीतिले लिएको लक्ष्य र उद्देश्य पूरा गर्न सुरक्षा अङ्गलाई उसको कानुन ऐनले दिएको अधिकारअनुसार चल्न दिने हो भने विवाद हुँदैन । तर, नेपालको राजनीतिले दुष्ट पूर्वाग्राही र भेदभावपूर्ण बाटो लिएको थुप्रै उदाहरण छन् । लोकतन्त्र प्राप्तपछि दलहरूले सेना र प्रहरीलाई राम्रैसँग गिजलेका छन् । राजनीतिले लिग छाडेको कारण फौजी समूह आलोचित छ ।
नेपाल प्रहरीमा सिलवाल काण्ड मच्चाउने काँग्रेसका शेरबहादुर देउवा हुन् । यिनै देउवा गृहमन्त्री हुँदा नेपाल प्रहरीमा मोतिलाल बोहोरालाई आईजीपी बनाउन तत्कालिन आईजीपी रत्न समशेर जबराले १५ दिन समय पाएनन्, काँग्रेसले गृहप्रशासन चलाएको बेला सुरक्षा समूहमाथि कलर खोज्छ । राष्ट्रघाती सन्धि सम्झौता गर्न काँग्रेस तयार हुन्छ । काँग्रेसले गृहप्रशासनमार्फत् नेपाल प्रहरी सशस्त्र प्रहरीलाई आतंकित पार्दैछ । नेपाल प्रहरीको अहिलेको सरुवा र बढुवामा काँग्रेसको हस्तक्षेप भएको छ । दलगत हस्तक्षेपका कारण वरिष्ठ भएर पनि नेपाल प्रहरीका एआईजीपी विश्वराज पोखरेल आतंकित भएका छन् । उनीभन्दा वर्षदिनपछि एआईजीपी भएका सहकुल थापाले राजनीतिक आड खोज्नु स्वाभाविक छ । किनकि काँग्रेस नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानभित्र दलगत रंग दिएर आफू घुस लिने र ती संस्थाहरूको ऐन नियम लत्याउने तत्पर भएको खण्डमा त्यहाँ निराशा पैदा हुनेछ । सशस्त्र प्रहरीमा त्यो आतंक छैन । किनकि त्यहाँ चैत २१ पछि आईजीपी बन्नेले २१ दिने प्रमुख बनेर छुट्टी लिनेछन् । त्यसपछिका आईजीपी बन्ने उम्मेदवार राजु अर्याल र नारायणदत्त पौडेल दुवै जना आईजीपी बन्ने अवस्थामा छन् ।
तर प्रधानमन्त्री कार्यलयमा जबर्जस्त घुसाएर आवश्यक प्राविधिक शक्तिको व्यवस्था नभएको राष्ट्रिय अनुसन्धान विभागमा काँग्रेसले राजनीतिक रंग प्रवेश गराउने डर छ । त्यहाँ यदु खरेल प्रमुख छन् । यादव रेग्मी एआईजी छन् । उनको कार्यकाल खरेलभन्दा अगाडि समाप्त हुन्छ । उमेर हदका कारण त्यो संस्थामा छोटो समयमा प्रमुख र उपप्रमुखले बिदा लिँदा हालका डिआईजीहरू मध्येबाट वरिष्ठताका आधारमा प्रमुख, उपप्रमुख हुनेछन् । अनुसन्धनमा वरिष्ठतालाई काँग्रेसले खुडा लगाउन चार नम्बरका ओम जोशी प्रयोग ग¥यो भने त्यो जस्तो जघन्य अपराध अरु हुने छैन । रोल्पा घर हुँदैमा माओवादी, झापामा जन्मे एमाले, डडेल्धुरा, तनहुँ र मोरङमा जन्मेका सबै काँग्रेस हुने भए शेरबहादुर र गिरिजाबीच पार्टी पदमा लडाइँ किन भएको ? यो प्रश्न त्यहाँ उठ्छ । अनुसन्धान विभागमा वरिष्ठतामा पहिलो हुतराज थापा, कुलदेव थापा दोस्रो हुन् । कुलदेव साउनमा ५८ वर्ष उमेर हदका कारण बिदा हुन्छन् । हरिहर पौडेल तेस्रो, ओमप्रसाद जोशी चौथो र सुनिल ढकाल पाँचौं वरियताका हुन् । यो टिमभन्दा पछिल्लो टीम टकेन्द्र कार्की, सुमन वैद्य, मधु कार्की हुन् । हुतराजलाई रोल्पाली भएको आरोप लगाएर कतै बालुवाटारले कार्यक्षमता नभएका सुदूरपश्चिमको नाममा जोशी बोक्यो भने राष्ट्रिय अनुसन्धान विभागको संरचना खलबलिन्छ । बिग्रेको संरचना पुरानो लीगमा ल्याउने नेपाल प्रहरीले अच्युतकृष्ण खरेल, धु्रवबहादुर प्रधानको गुट हटाउन लामो समय संघर्ष गरेको हो । सुरक्षा अंगहरूलाई त्यसैको कानुन र ऐनमा चलाउन सफल शक्तिको रूपमा माओवादी देखियो । यो पार्टीका नेता गृहमन्त्री बन्दा सशस्त्र प्रहरीमा १४ दिने आईजीपी भएको रेकर्ड छ । अहिले अनुसन्धानमा छ महिने प्रमुख छन् । सरकार सत्तारुढ दलले अपेक्षा गर्न सक्छ । तर सुरक्षा फौजको नेतृत्वले प्रधानमन्त्री, गृहमन्त्रीको आदेश मान्नु नौलो होइन । त्यसैले वरिष्ठता लत्याउनु हुँदैन ।