Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुर्खेतमा गठबन्धनबीच किचलो

सुर्खेतमा सत्तारुढ गठबन्धनबीच भागबण्डामा किचलो देखिएको छ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएको अवस्थामा गठबन्धन घटकबीच भागबण्डामा समस्या देखिएको हो । २०७४ को स्थानीय तह निर्वाचनअनुसार सुर्खेतमा नेपाली काँग्रेस पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित छ तर अहिले काँग्रेसभित्रको गुटबन्दीका कारण भागबण्डाका लागि सकस भएको बताइएको छ ।

पाँच वटा नगरपालिका र चारवटा गाउँपालिका रहेको सुर्खेतमा अघिल्लो निर्वाचनमा काँग्रेसले ६ वटा स्थानीय तहमा प्रमुख जितेको थियो भने ५ वटा स्थानीय तहका उपप्रमुखमा जितेको थियो । दोस्रो शक्तिका रुपमा रहेको एमालेले लेकबेसी नगरपालिका, चौकुने गाउँपालिका र सिम्ता गाउँपालिकामा मेयर÷अध्यक्ष र उपमेयर÷उपाध्यक्षमा जितेको छ । माओवादीले भने सुर्खेतका कुनै पनि स्थानीय तहको प्रमुख÷उपप्रमुखमा जित्न सकेको थिएन । वडा तहमा पनि माओवादी केन्द्रको झिनो प्रतिनिधित्व छ । राष्ट्रिय प्रजातन्त्र पार्टी भने सुर्खेतमा चौथो शक्तिको रुपमा छ ।

एक्लै चुनावी मैदानमा जाँदा पनि पहिलो शक्ति बन्ने ल्याकत राख्ने काँग्रेसमा अहिले आन्तरिक द्वन्द्व चुलिएको छ । यहाँ काँग्रेसभित्र संस्थापन पक्षबाट पूर्णबहादुर खड्का र संस्थापन इतर पक्षबाट हृदयराम थानी पक्षबीच कडा प्रतिस्पर्धा हुने गर्दछ । केही दिन पहिले बसेको इतर पक्षको बैठकले पार्टीले उम्मेदवारी दिने स्थानीय तहमध्ये आफूलाई ४० प्रतिशत हिस्सा दिनुपर्ने माग गरेको छ । त्यसो नभएको खण्डमा चुनावमा साथ नदिने सो पक्षको चेतावनी छ । इतर पक्षले सुर्खेतमा गठबन्धन आवश्यक नरहेको निष्कर्षसमेत निकालेको छ ।

यही विषयलाई लिएर सुर्खेतमा काँग्रेस अनिर्णयको बन्दीजस्तै बनेको छ । यसअघि नै पालिकास्तरमा गठबन्धन बनाएर जाने सैद्धान्तिक सहमति भइसके पनि अहिलेसम्म गठबन्धनभित्र कुनै ठोस निर्णय हुन सकेको छैन ।

काँग्रेसले गठबन्धनभित्र भागबण्डाको टुङ्गो लगाउन नसक्दा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई पनि उम्मेदवार छनोट गर्नेदेखि चुनावी गतिविधिमा जटिलता थपिएको ती पार्टीका नेताहरु बताउँछन् ।

काँग्रेसका सुर्खेत सभापति खड्गबहादुर पोखरेल गठबन्धनभित्र भागवण्डामा समस्या भएको बताउँछन् । संस्थापन इतर समूहका नेता एवं पूर्व सभापति कमलराज रेग्मी अहिलेसम्म संस्थापन पक्षले इतर पक्षलाई कुनै जानकारी नगराएको बताउँछन् ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल