Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सुर्खेतमा डबल क्याप हाइलेक्स गाडी आइतबार बिहान साढे २ बजे दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा। प्र ०१०२६च ९२१३ नम्बरको डबल क्याप गाडी रत्न राजमार्गअन्तर्गत वीरेन्द्रनगर(११ झुप्राखोला नजिक दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार उक्त गाडी अनियन्त्रित भई सडकबाट ८० मिटरजति तल खस्दा चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(७ निवासी २७ वर्षीय सागर शाही, दैलेखका डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दीपन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका ५ का वर्ष ३१ का बबिन शाही र दैलेखकै गुराँस गाउँपालिका ३ का वर्ष ३६ काराजेन्द्र बीसीको मृत्यु भएको हो।
गम्भीर घाइते अवस्थामा प्रहरीले उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा दैलेखकै भैरवी गाउँपालिका ५ का वर्ष २६ का वीरेन्द्रराज शाही घाइते भएका छन्। छातीमा चोट लागेका उनी बोल्न सक्ने अवस्थामा छन्। उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ।
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल