Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सूर्य छापको मोहले दशभाई तनावमा

काठमाडौं । स्थानीय चुनावको चटारो सबैतिर छ । सत्तापक्ष गठबन्धनले देशीय परिवेशलाई बुझेर चुनावी एकता गर्दैछ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली स्थानीय चुनावमा एमाले एक्लै ६० देखि ७० प्रतिशत मत ल्याउने दाबी गर्दै स्थान अनुसार राप्रपा, सिके राउतको जनमत पार्टी र महन्त ठाकुरलाई समेत गठबन्धनमा सरिक गराउन जोर जुलुम गर्दैछन् । चुनाव एक्लै जित्ने धाम लगाउने तिनै ओलीले ४१ महिने शासनका बेला जनतालाई के दिए ? उनैले बोलेको समृद्धि र विकासको नारा कति सफल भयो ? फल विचौलिया र माफियाले कति लिए, एमालेभित्र चासो र चिन्ता प्रकट गरिँदैछ । एमालेले बहुमतको सत्ता टिकाउँदैन, भ्रष्टाचारीमाथि कुनै कारबाही गर्दैन भन्ने प्रमाण खोज्नु पर्दैैन । ओली कालमा ओम्नी र हुकाम कम्पनीले कोरोना महामारीमा माफिया जाल फैलाएकै थिए । त्यो बेला कम्युनिष्टहरूले जनताको सेवा गर्छन् भन्ने ठाउँ राखिएन । जबकि सिंहदरबारबाट स्थानीय निकायमा गएका अवसरहरूमा निष्पक्षताको रंग कतै आएन । एमालेमा ओली गुटबाहेक अर्कोले ठाउँ नै पाउने छैन । माधवलाई धोका दिएका सिद्धान्त र विचार भन्दा सूर्य चिन्हको मोहनीमा परेका भिम रावल जसरी आफू स्पष्ट छन् अरु लम्पटहरूलाई पनि ओलीले राम्रैसँग किनारा लगाउँदैछन् ।
अष्टलष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रघुजी पन्तहरूको सुझाव त के कुरा सुन्न समेत अध्यक्ष ओली तयार नभएको अवस्था छ । भिम रावलले ओलीको क्रिपाले पाएको पार्टी केन्द्रीय सदस्य पद समेत अस्वीकार गरेका थिए । ओलीलाई हिजोका एमाले त रुचिका पात्र भएनन् भने माओवादी त्यागेर ओलीको पछि लागेर एमालेको उपाध्यक्ष कृपामा बनेका रामबहादुर थापा, सचिव बनेका लेखराज भट्ट र टोपबहादुर रायमाझीको अवस्था कस्तो होला ? प्रभु साह र रघुवीर महासेठको लडाइँले एमालेको मधेश प्रदेशमा उग्ररूप लिँदैछ । यो स्थिति स्थानीइ तहका प्रत्येक निकायमा छ । भन्नमा एमाले तर सिद्धान्त, नीति, दर्शन, कार्यक्रम भन्दा एनजीओ र आईएनजीओल दिएको डलर खेतीले भिœयाएका विकास नारा र उडन्ते गफले कति दिनसम्म जनता ढाँट्न सकिन्छ ? कम्युनिष्ट पार्टीलाई जनताले दिलाएको बहुमतको संरक्षण गर्न जसले चाहेन त्यसैलाई फेरि जनताले स्थानीय तहमा ७० प्रतिशत संसदमा दुई तिहाई किन दिन्छन् ? कसरी दन्छिन् ? जनता अन्धो होला विपषी दलहरू एकालेको ओली समूहले गरेको लुटतन्त्र चलाएको एकाधिकारको विरोध गर्लान् भन्ने सोचाई समेत सूर्य छापका विज्ञहरूलाई नहुनु विडम्बना हो ।