Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सूर्य नेपालको व्यापार २७ अर्ब नाघ्यो

काठमाडौं। सूर्य नेपालको व्यापार एकै वर्ष अढाइ अर्बले उकालो लाग्दा २७ अर्ब रुपैयाँभन्दा बढीको भएको छ।
रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले सन् २०२१÷२२ मा २७ अर्ब १ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो। यो २०२०÷२१ को तुलनामा २ अर्ब ५२ करोड २० लाख रुपैयाँ बढी हो। अघिल्लो वर्ष २०२०र२१ मा कम्पनीले २४ अर्ब ४९ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो। २०१९÷२० मा कम्पनीले २४ अर्ब ४७ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो।
कम्पनीले २०२१÷२२ को नाफाबाट १० अर्ब ४० करोड ३० लाख रुपैयाँ लाभांश दिने घोषणा गरेको छ।
कम्पनीमा ५९ प्रतिशत सेयर स्वामित्व भारतको आइटीसी लिमिटेडको छ। ३९ प्रतिशत सेयर नेपालका विभिन्न व्यक्ति तथा संस्थाहरुको नाममा छ। बाँकी २ प्रतिशत भने बेलायतको ब्रिटिस अमेरिकन टोबाको (इन्भेष्टमेन्ट) लिमिटेडको छ। सूर्य नेपालले चुरोट, सलाई, धुप, कन्फेक्सनरीहरु उत्पादन गर्दै आएको छ।
कम्पनीले ३५ वर्षभन्दा बढीदेखि नेपालमा चुरोट उत्पादन गरी बिक्री गर्छ। कम्पनीले सूर्य लेजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ्स, शिखर फिल्टर किङ्स, शिखर आइस रस्, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी ब्राण्डका चुरोट बिक्री गर्छ।
कम्पनीसँग देशभर एक सय भन्दा बढी वितरक छन्।
कम्पनीले ५ अर्ब ७५ करोड रुपैयाँको अल्पकालीन बैंकिङ कर्जाका लागि एनपी ए वान प्लस रेटिङ पुन पुष्टि गराएको छ।
कम्पनीको अध्यक्ष र प्रबन्ध निर्देशक सन्जीव पुरी हुन् भने रवि के रायावरम प्रबन्ध निर्देशक छन्।


सम्बन्धित समाचार