Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेञ्चुरी बैंकले थप्यो ७ नयाँ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पुस २१ गते आफ्नो ७ वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ ।
बैंकको ७ वटा नयाँ शाखाहरु बाँकेको कोहलपुरमा, मुस्ताङको लेते, ललितपुरको बालकुमारी, काठमाडौंको कपन, टोखा र नरेफाँटमा, भक्तपुरको सुकुलढोकामा संचालनमा आएका शाखाको भर्चुअल माध्यमबाट औपचारिक उद्घाटन भएको हो । यस आधिकारीक भर्चुअल उद्घाटन पश्चात बैंकको शाखा संजाल १२० पुगेको छ ।
सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।