Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेना इमर्जेन्सीमा मात्रै परिचालन

काठमाडौं । सशस्त्र प्रहरी र नेपाल प्रहरीले अहोरात्र सुरक्षा दिइरहेको बेला अनावश्यक रुपमा उपत्यकाका प्रमुख जिल्ला अधिकारी र मेयरहरुले समेत राजधानी छिर्ने नाकामा सेना परिचालन हुनुपर्ने बताइरहेका बेला प्रधानसेनापति पूर्णचन्द्र थापाले संकटकाल घोषणा भएको अवस्थामा मात्रै सेना परिचालन हुने स्पष्ट पारेका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दुई वर्ष पूरा भएर तेस्रो वर्ष प्रारम्भ भएको अवसरमा बुधबार जंगीअड्डामा प्रधानसेनापति थापाले विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरे ।

सम्पादकहरुसँगको अन्तरक्रियामा सम्वोधन गर्दै प्रधानसेनापति थापाले भने, सेना इमर्जेन्सीमा मात्रै परिचालन गरिनुपर्दछ। यदि राष्ट्रलाई साँच्चै इमर्जेन्सी हो भन्ने लाग्छ भने त्यो अवस्थामा नेपाली सेना प्रयोग हुन सक्छ । अरु अवस्थामा नेपाली सेना सहयोगी भूमिकामा नै बस्नुपर्छ भन्ने नेपाली सेनाको धारणा हो । नेपाली सेनाले नागरिक सर्वोच्चतालाई कदर गर्दै आएको र सरकारको आदेश पालना गर्नु सेनाको दायित्व भएको थापाले बताए ।स्वास्थ्य सामग्री खरीदको विषयलाई लिएर रक्षा मन्त्रालय र जंगी अड्डावीच कुनै द्विविधा नरहेको प्रधानसेनापति थापाले बताए । स्वास्थ्य सामग्री खरीद स्वास्थ्य मन्त्रालयको म्यान्डेटअनुसार गरिएको बताउँदै उनले त्यसका लागि अहोरात्र खटिने जर्नेलहरु र मन्त्रालयका कर्मचारीलाई निरुत्साहित गर्न नहुने गुनासोसमेत गरे ।