Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपाल पुनः एकीकरणको नेतृत्व र दिव्यो उपदेश विवादको विषय होइन । तर यसलाई सुनियोजित रुपमा विवादमा ल्याउने र बहस सिर्जना गर्ने कार्य एउटै शक्ति केन्द्रबाट फरक फरक मोडालिटीमा गरिएको छ । शिवअवतार गोरखनाथ, मत्स्येन्द्रनाथ, भैरवनाथको सुक्ष्म उपस्थिति, बौद्ध लामागुरुहरूको आशिर्वचन, योगी भगवन्तनाथको भौतिक उपस्थितिसहितको सल्लाह सुझाव, बिसे नगर्ची, झागल गुरुङ, कालु सार्कीलगायत जनताको सहभागिता, देवी मनकामाना, भवानी, महाकालीको शक्तिमा एकीकरण भएको हो । यसकारण एकीकरण गर्ने गोर्खाली सेनाको चिन्ह भगवान् शिवको त्रिशुल र डम्मरु रहेको छ भने धुन जय जय गोरख, जय जय काली रहेको छ । तत्कालिन अवस्थामा दक्षिणमा इष्ट इन्डिया कम्पनी मार्फत् ब्रिटिश फिरङ्गीहरू र त्योभन्दा अगाडि मुसलमान शासकहरू रहेका थिए । यसकारण नेपाल एकीकरण साम्राज्यवाद विरुद्धको अभियान पनि थियो ।
यसकारण गोर्खालीबाट परास्त भएका ब्रिटिश फिरङ्गीले लेखिदिएको गोयबल्स करणलाई आधार बनाएर ब्रिटिश साम्राज्यवादका पाल्तु राणाहरूद्वारा पालित पोषित दरबार र सेनाभित्रका आन्तरिक फिरङ्गीहरू नै फरक फरक ढंगले एकथरि पृथ्वीनारायण शाहको नेतृत्वमा भएको एकीकरणको आध्यात्मिक पक्षलाई निस्तेज गर्दै समर्थनको नाममा बहस चलाउने तर गोरखनाथ, भैरवनाथ, मत्स्येन्द्रनाथ, मनकामना, भवानी, महाकाली, बौद्ध धर्मगुरु लामाहरूको उपस्थिति, मुसलमानहरूको हतियार बनाउने सहयोगलगायतको आध्यात्मिक पाटोलाई उच्चारण नै गर्दैनन् । अर्कोथरि पृथ्वीनारायण शाहले गरेको एकीकरण होइन विस्तार हो भन्नेहरू छन् । यी दुवै विचार बोक्नेहरूको वैचारिक, राजनीतक, आर्थिक शक्ति केन्द्र एउटै हो ।
त्यो शक्ति केन्द्र ब्रिटिश, अमेरिकी फिरङ्गी शक्तिकेन्द्र हो । यस्ता बहस चलाउने पत्रकार र लेखकहरू भनेका तिनै केन्द्रका जासुसी एजेन्टहरू हुन् । नेपाल पुनः एकीकरण पृथ्वीनारायण शाहको नेतृत्व बहादुर शाहको नायवकत्व विवादको विषय नै होइन । तर यसलाई पछिल्लो चरणमा राष्ट्रसंघको शान्ति सेना र भारतको मानार्था सेनामा रुपान्तरित सेना र रअसहितको फिरङ्गीहरूले घुसपैठ गराएका प्रहरीभित्रका जासुसहरू र छोरीहरूमार्फत् दरबार कब्जा गरेका राणाका अनुचरहरू नेपाल एकीकरणको मुल जगमाथि धावा बोल्दैछन् ।
राणाकालमा नेपालबाट प्रकाशन गर्न नदिएपछि गोरखनाथकै नयाँ अवतरण मानिने योगि नरहरिनाथको पहलमा वि.सं. १९७२ मा दार्जिलिङबाट सूर्यविक्रम ज्ञवालीले पृथ्वीनारायण शाहको इतिहास प्रकाशित गर्नुभयो भने १९८५ मा योगी नरहरिनाथले पृथ्वीनारायण शाहको दिव्यउपदेश प्रकाशित गर्नुभयो । वि.सं. २००७ सालपछि प्रत्यक्ष राणा शासनको अन्त्य भएको अवस्थामा योगी नरहरिनाथको सक्रियता र पहलमा वि.सं. २०१० सालबाट पृथ्वीनारायण शाह राष्ट्रिय एकता अभियान मनाउन थालियो । राजा त्रिभुवनको राणासँग सम्बन्धविच्छेद गर्ने इच्छा विपरित ब्रिटिश अमेरिकी एजेन्ट बीपी कोइरालाको पहलमा राजा महेन्द्रले रत्नराज्यलक्ष्मी राणासँग विवाह गरे । यो विवाहमा राजा त्रिभुवन उपस्थित भएनन् । राष्ट्र बचाउने कुरामा राजा महेन्द्रको ऐतिहासिक भूमिका हुँदाहुँदै पनि उनले आफ्ना छोराहरूको विवाह पनि त्यही राणा परिवारमा गराए । अन्तत सी क्लास राणामार्फत नेपाली काँग्रेस, ए क्लास राणाका छोरीहरूमार्फत् दरबार र बी क्लास राणामार्फत् सेना कब्जा गरे । २००७ सालमा राणा शासनको अन्त्य भनिए पनि अप्रत्यक्ष रुपमा पूर्ण रुपमा तिनै राणाहरूको कब्जामा सत्ता गयो । तिनै राणाहरूको पालन पोषणमा हुर्किएकाहरू अहिले फरक ढंगले नेपाल राष्ट्र एकीकरण र पृथ्वीनारायण शाहमाथि आक्रमण गरिरहेका छन् ।
राणाहरूबाट खर्च लिएर वैभवशाली बनेका नयनराज पन्त, महेशराज पन्त, दिनेशराज पन्त हुन् या श्री ३ चन्द्रसमशेर बराबर सम्पत्ति भएका मदनसमशेरको पुँजी जगदम्बा महारानीमार्फत् हडपेका पाटनका दिक्षित घरानियाहरू जसको प्रतिनिधित्व कनकमणि दिक्षितले गरिरहेका छन् । मदनशमसेरको सिंगो अपुतालीले पनि नपुगेर युरोपियन एनजीओ र आइएनजीओको डलरमा नेपालको एकीकरणको जगविरुद्ध लेखाउने मदन पुरस्कार दिने र बहस चलाउन उनीहरू क्रियाशील छन् । पृथ्वीनारायण शाहको एकीकरणमा प्रहार गर्न माओको नाम बदनाम गर्दै माओकै चीन विरुद्ध क्रिश्चियन मिशनमा चलाइएको माओवादी आतंकवादलाई तत्कालिन प्रधानसेनापति प्रज्वलसमशेर जबरा र कुमार फुदुङको सहयोग कसरी थियो भन्ने कुरा अर्का सैनिक जनरल चिनियाँ बहादुर बस्न्यातले आफ्नो पुस्तकमार्फत् सार्वजनिक गरिदिएका छन् । युग पाठक, खगेन्द्र संग्रौला, राजेन्द्र महर्जन, हेलेन शाहको खर्चमा पढेका आहुती, कृष्ण भट्टचन, माओवादीमार्फत् सेनासँग जोडिएका नरेन्द्रजंग पीटर, धनप्रसाद सुवेदीमात्र होइन, निर्मल लामाको एकताकेन्द्र समूह होस् मसाल समूह या पछिल्लो माओवादी देखाएर सेनाभित्रको ब्रिटिश लिगेसी बोकेको राणाहरूले चलाएको क्रुसेडर्स क्रिश्चियन मिशन जो पृथ्वीनारायण शाह विरुद्ध विष ओकल्दछन् ।
नेपाललाई भारतमा मिलाउँदा के हुन्छ ? भनेर बीबीसीमा बहस चलाउने रविन्द्र मिश्र, स्वतन्त्र तिब्बत अभियानसँग जोडिएका ब्रिटिश नागरिक डा. रमेश ढुंगेल, कमल थापाका सम्धी भरत बस्नेत, नेपालको धर्म संस्कृतिमाथि प्रहार गर्न देवासुर संग्राम लेख्ने मोदनाथ पश्रित प्रवृत्ति भनेको पृथ्वीनारायण शाहको व्यानरमा त्यही ब्रिटिश फिरङ्गी केन्द्रका अनुचरहरू हुन् ।
कुनै समय दरबारको रोयल इन्टलिजेन्स ब्यूरोमा काम गर्ने पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना, माणिकलाल श्रेष्ठ, प्रदीप नेपालहरू थिए । यो कुरा दरबारकै उपसचिवले कुनै समय तरुण साप्ताहिकमार्फत् सार्वजनिक गरिदिएका छन् । माणिकलाल श्रेष्ठका चेला राजेन्द्र महर्जन र प्रचण्डले बाबुरामलाई कारबाही गर्दा बाबुराम बचाउ अभियानमा लागेका दरबारका मुख्यसचिव पशुपतिभक्त महर्जन मिशनमा तात्विक भिन्नता छैन । सीआएको बौद्धिक शाखा कार्टर सेन्टरका संयोजक दुमन थापा जो दरबार हत्याकाण्डमा दरबारका तत्कालिन सैनिक सचिव विवेक शाहसँगै आवद्ध छन् । र, उनीहरू दरबार हत्याकाण्डको समयमा ठमेलमा रहेको कुरा स्वयं विवेक शाहले मैले देखेको दरबारमा उल्लेख गरेका छन् । दुमन थापा संस्थापक अध्यक्ष रहेको नयाँ पत्रिकाबाट चलाइने बहस होस् या कुनै समय मनुज चौधरीको छद्म नाममा रविन्द्र मिश्र र अजयपी नाथको छद्म नाममा रुकमाङगद कटवालको बहस चलाउने कान्तिपुरका सुधिर शर्माले चलाउने बहसमा तात्विक भिन्नता छैन ।
सुधिर शर्माद्वारा लिखित प्रयोगशाला भारतीय गुप्तचर संस्था रअको इन्प्युटमा लेखाइएको हो । यो कुरा पत्रकार युवराज घिमिरेले २०७१ साल असार १३ को अन्नपूर्ण पोष्टको शुन्य समय उनको नियमित स्तम्भमार्फत् सार्वजनिक गरिदिएका छन् । यसप्रकारका मिडियाहरूबाट सम्पे्रषण हुने विचारहरू स्वाभाविक रुपमा प्रायोजित एजेन्ट र जाजुसहरूबाहेक अरुका आउनै सक्दैनन् । योगी सिंहनाथको अन्तर्वार्ता प्रशारण रोकेको कृष्ण प्रणामीमार्फत् पश्चिमा डलर भित्रिएको एभीन्युज होस् या राधेराधेको ब्यानरमा पश्चिमा डलर प्रवेश गरेको माउन्टेन या भारतीय प्रभाव रहेको हिमालयन टेलिभिजन या एमसीसीको विज्ञापन बजाउने एपी वान । यस प्रकारका सञ्चार मिडियामा लगानीअनुसार नै विचार प्रवाह हुँदै आइरहेको छ ।
बन्द गर गोयबल्स बहस
हिटलरका प्रचारमन्त्री गोयबल्सले हजारपल्ट दोहो¥याएपछि झूट पनि सत्य हुन्छ भनेजस्तै पृथ्वीनारायण शाह नै छैनन् र थिएनन् भन्ने रत्नपार्कको मुकुन्देदेखि आहुती र दिलनिशानी मगरजस्ता पात्रहरू खडा गर्ने नेपाल प्रहरीको गुप्तचर विभाग र सेनाको डीएमआईभित्रका सैनिक जनरलहरूले यस्ता नचाहिने पात्रहरू खडा गरेर अराजकता मच्चाउनु भन्दा उत्पादनशील कार्यमा आफ्ना जासुसहरू परिचालन गर्दा राम्रो हुने थियो । पृथ्वीनारायण शाह एक्लैको एकीकरण होइन् । यसमा बिसे नगर्ची, झागल गुरुङ, कालु सार्की जस्ता जनताको सहभागिता, गोर्खाली सेनाको बीरताको नेतृत्व पृथ्वीनारायण शाहले लिनु भयो भने शक्ति गोरखनाथ, भैरवनाथ, चन्दननाथ, भगवन्तनाथ, वैद्यनाथ, मनकामना, महाकालीको रह्यो । यसरी पुनः एकीकरण भएको अवस्थामा पृथ्वीनारायण शाहको एकीकरण कि विस्तार भनेर बहस चलाउनेहरूले कुनै दिन मेरी आमाले जन्माएको र न्वारन गर्दा धागो बाँधेको बाबु मेरा हो कि होइन भनेर आफैं अवैध सन्तान भएको बहस नचलाउलान् भन्न सकिँदैन, सबैलाई चेतना भया ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल