Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेनाका बडा हाकिम को कता ?

काठमाडौं। सरकारले सेनाका उच्च अधिकृतको व्यापक सरुवा गरेको छ। तीजना उच्च अधिकृतको बढुवासहितको सरुवा गरिएको छ भने २९ जनाको सरुवा गरिएको छ। यी मध्ये केहीको यसअघि नै काज सरुवा भइसकेको थियो। काज सरुवा भएकाहरुको पनि गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काज सरुवालाई सरुवामा परिणत गरेको छ। स्रोतका अनुसार जनसम्पर्क तथा सूचना निदेशनालयका निर्देशक रहेका सहायक रथी विज्ञानदेव पाण्डे बढुवासहित सरुवा भएका छन्। उपरथीमा बढुवा भएका उनी उत्तर पश्चिम पृतनाको पृतनापतिका रुपमा सरुवा भएका छन्। उनको यसअघि नै काज सरुवा भइसकेको थियो। मन्त्रिपरिषद्ले काज सरुवालाई यथावत राख्दै नियमित सरुवा गरेको हो। यस्तै नहकुल बहादुर रायमाझी महासेनानीबाट सहायक रथीमा बढुवा भएका छन्। उनी सुदूरपश्चिम पृतनाबाट बाहिनीपतिका रुपमा पाँच नम्बर बाहिनीमा सरुवा भएका छन्।
यस्तै बढुवा हुनेमा सानुमैया श्रेष्ठ छिन्। उनी प्राविधिक प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएकी छन्। उनी विरेन्द्र अस्पतालमा कार्यरत छिन्। स्रोतका अनुसार गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक उपरथी र २८ जना सहायक रथीको सरुवा गरेको छ। यसरी सरुवा हुने उपरथीमा सरोज राणा छन्। उनी उत्तर पश्चिम पृतनाबाट सैनिक इन्टेलिजेन्स महानिर्देशनालयको महानिर्देशकमा सरुवा भएका छन्।
यस्तै रणनीतिक तथा दीर्घकालीन योजना निर्देशनालयबाट सहायक रथी भरत प्रसाद पाठक राष्ट्रिय सुरक्षा परिषदको सहायक संयोजकमा सरुवा भएका छन्। उता सैनिक इन्टेलिजेन्स महानिर्देशनालयबाट सहायक रथी कुमार लामा पृतना चिफ अफ स्टाफको पदमा उपत्यका पृतना हेडक्वारटमा सरुवा भएका छन्। यस्तै स्रोतका अनुसार सहायक रथी रामनाथ प्रसाद शर्मा ढुंगना पश्चिम पृतनाबाट विपद् व्यवस्थापन निर्देशनालयको निर्देशकमा सरुवा भएका छन्। सहायक रथी अरुणकुमार पाल भर्ना छनौट निर्देशनालयबाट १५ नम्बर बाहिनी अड्डाको बाहिनीपतिमा सरुवा भएका छन्। सहायक रथी सहदेव खड्का युद्धकार्य निर्देशनालयबाट सर्भे तथा सीमा अनुगमन निर्देशनालयमा सरुवा भएका छन्।
यस्तै सहायक रथी प्रयोग जबरा निरीक्षण निर्देशनालयबाट मध्य पृतना हेडक्वाटरको पृतना चिफ अफ स्टाफमा सरुवा भएका छन्। उता सहायक रथी योगराज शर्मालाई आ १४ नम्बर बाहिनी अड्डाका बाहिनीपतिसहित आपूर्ति तथा परिवन निर्देशनालयको जिम्मेवारीसमेत दिइएको छ। यस्तै उपत्यका पृतनाबाट सहायक रथी राम राणा रणनीतिक तथा दीर्घकालीन योजना निर्देशनालयको निर्देशकमा सरुवा भएका छन्। स्रोतका अनुसार सहायक रथी लवकुमार रायमाझी ६ नम्बर बाहिनीबाट वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशकमा सरुवा भएका छन्। यस्तै सहायक रथी दीपक कुमार बानियाँ १४ नम्बर बाहिनीबाट पूर्वी पृतनाको पृतना चिफ अफ स्टाफमा सरुवा भएका छन्।
उता २५ नम्बर बाहिनीबाट सहायक रथी शंकर बहादुर पण्डित पश्चिम पृतनाको पृतना चिफ अफ स्टाफमा सरुवा भएका छन्। यस्तै सहायक रथी होमनाथ दवाडी ५ नम्बर बाहिनीबाट निरीक्षण निर्देशनालयको निर्देशकमा सरुवा भएका छन्। स्रोतका अनुसार २ नम्बर बाहिनीबाट सहायक रथी यामप्रसाद ढकाल भर्ना छनौट निर्देशनालयका निर्देशकमा सरुवा भएका छन्। उता मध्य पश्चिम पृतनाबाट सहायक रथी विजय थापा सैनिक सामाग्री प्राप्ती निर्देशनालयको निर्देशकमा सरुवा भएका छन्। यस्तै सहयक रथी सुशील कुमार भण्डारी १९ नम्बर बाहिनीबाट सैनिक इन्टेलिजेन्स महानिर्देशनालयमा सरुवा भएका छन्। उता ९ नम्बर बाहिनीबाट सहायक रथी गणेशकुमार श्रेष्ठ १६ नम्बर बाहिनीको बाहिनीपति तथा नीति तथा योजना निर्देशकको काम गर्ने गरी काज सरुवा भएका छन्। यस्तै १५ नम्बर बाहिनीबाट सहायक रथी सन्तोष बल्लभ पौडेल जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशकमा सरुवा भएका छन्। उनले यसअघि नै काज सरुवाका रुपमा सो निर्देशनालयमा कार्यभार सम्हालिसकेका छन्।
यस्तै २३ नम्बर बाहिनीबाट सहायक रथी पवनराज घिमिरे १७ नम्बर बाहिनीको बाहिनीपति र युद्धकार्य निर्देशकमा काज सरुवा भएका छन्। यस्तै सैनिक सामाग्री प्राप्ती निर्देशनालयबाट सहायक रथी योकबहादुर ढकाल २ नम्बर बाहिनीको बाहिनीपतिमा सरुवा भएका छन्। यस्तै १७ नम्बर बाहिनीबाट सहायक रथी पदमबहादुर सिंह अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयको निर्देशकमा सरुवा भएका छन्। मध्य पेतनाबाट सहायक रथी सुनील श्रेष्ठ ६ नम्बर बाहिनीको बाहिनीपतिमा सरुवा भएका छन्। अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट सहायक रथी मदन केसी १९ नम्बर बाहिनीको बाहिनीपतिमा सरुवा भएका छन्।
सहायक रथी प्रकाश देउजा १६ नम्बर बाहिनीबाट मध्य पश्चिम पृतनाको पृतना चिफ अफ स्टाफमा सरुवा भएका छन्। यस्तै सहायक रथी ध्रुव प्रकाश शाह वन तथा पर्यावरण सुरक्षा निर्देशनालयबाट ९ नम्बर बाहिनीको बाहिनीपतिमा सरुवा भएका छन्। यस्तै सहायक रथी कृष्णराज आचार्य अनुसन्धान र विस्तार निर्देशनालयबाट २३ नम्बर बाहिनीको बाहिनीपतिमा सरुवा भएका छन्। यस्तै पूर्वी पृतनाबाट सहायक रथी याम सापकोटा २४ नम्बर बाहिनीको बाहिनीपतिमा सरुवा भएका छन्। राष्ट्रिय सुरक्षा परिषदको सचिवालयबाट सहायक रथी हरेन्द्र पाठक अनुसन्धान तथा विस्तार निर्देशनालयको निर्देशकमा सरुवा भएका छन्। र सहायक रथी कृष्णबहादुर जिसी रणनीतिक तथा दीर्घकालीन योजना निर्देशनालयबाट निमित्त बाहिनीपतिका रुपमा २५ नम्बर बाहिनीमा काज सरुवा भएका छन्।