Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रेस सेन्टर नेपालको पाँचौ महाधिवेशनले दुई अंकको केन्द्रीय नेतृत्व चयन गर्दा २६ पदाधिकारीलाई मात्र खुमलटारले स्थान दिँदा खुला सदस्य, प्रदेश एशोसियट, प्रतिष्ठानबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई पत्याएन । पार्टी नेतृत्वले नै काखा पाखा गर्दा वर्गीय संगठनमा निराशा र कुण्ठा बढ्छ भन्ने कुरा गणतन्त्रका नायक माओवादीका सुप्रिमोले पनि बुझेनन् । वर्गीय संगठनहरूप्रति माओवादी सुप्रिमो कति विभेदकारी छ भन्ने कुरा यही हो । किनकि सेन्टरको पाँचौं राष्ट्रिय महाधिवेशनमा सहभागी भएका प्रतिनिधिले व्यवस्थापनमा बारेमा विरोध जनाउने ठाउँ थिएन । संगठनको स्वरूप बन्दै र बनाउँदै गरेको सेन्टरमा विगतमा कार्यलय झोलामा बेठक र भेला कसैको निगाहमा प्राप्त ठाउँबाट चल्नु पर्ने बाध्यताबाट पार पाएको अवस्था थियो । अहिले कार्यालय व्यवस्थित छ । तर चरित्र उही, बन्दूक बोकको, बम ठोकेको, टाउकोमा छर्रा छ ज्यूदो सहितको गीत अब आम रूपमा विक्दैन । पार्टी सत्तामा हुने अर्थ, गृहमन्त्री तिनै हुने तीनको नाम जोडिएर यिनै आउने हो भने सेन्टरमा युद्ध लडेकाहरू र तिनकै गुटउपगुटले अवसर लिन क्षमता देखाउनुपर्छ । हामी युद्ध लडेका सबै पुरसकार, नियुक्ति, सम्मान हामीले हमज गर्नुपर्छ, गर्ने भन्ने किरा पनि त्यहीं छन् । जसले संगठन बनाउनु पर्दैन, गोकर्ण र सागरहरू उचाले हुन्छ । काठमाडौंमा सेन्टरको कोषाध्यक्ष हराउने टिम यही हो भन्ने बुझ्नुपर्छ । यस पटक सेन्टरले काठमाडौंमा पाँचौं महाधिवेशन गर्दै गर्दा काठमाडौं शाखाले छानेका केन्द्रीय प्रतिनिधि आफू अनुकुल नभएको कारण देखाएर सागर पन्त, गोकर्ण बराल, अजित अधिकारीहरूले केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएर आफ्नो छुद्रता देखाए । किनकि तिनको क्षमता त्यही हो । यो षड्यन्त्रका नायक क्रान्तिकारी सागर थिए । गोकर्ण सागरबाट प्रयोग गरिएका पात्र थिए । अजितलाई निर्वाच्न समितिका संयोजक नै असन्तुष्ट भएको गलत भ्रम तिनै किरा चरित्रले पु¥याएर हस्ताक्षर गराएको बताउँथे । यीकिरा कहाँबाट परिचालित थिए त्यो सेन्टरको काठमाडौंका अध्यक्षले पनि बुझे, भ्यालीका तत्कालिन इञ्चार्ज र अब इञ्चार्ज बन्ने नवराज दाहालले पनि बुझ्छन् । जबकि पेशाबाट बाहिरका व्यक्ति पार्षद ल्याइने कुरा कल्पना गर्न सकिँदैन । तिनले शंका यही गरे । कुरा चर्का गर्ने म पुरानो भन्ने पत्रकारको चुनाव आयो तोकिएयको मापदण्डमा सहभागी नहुने उसैलाई ठूलो बन्नु पर्ने खाइदेऊ किराहरू प्रेस सेन्टर, चौतारी र युनियनमा प्रशस्त छन् । पत्रकारिताको नाममा तस्कर, फाइल बोकुवा, विचौलियालाई कुनै पनि संगठनमा ठाउँ हुँदैन । तर जुनसुकै संगठनमा त्यस्ता किराले ठाउँ पाउँछन् । प्रेस संगठनको नेतृत्व चयनमा २६ पदाधिकारी जस्तै चुनाव हुन्थ्यो भने किराहरू थन्कन्थे चुनाव भएन किराहरूलाई पनि निर्विरोध बनाउन नेतृत्व बाध्य भयो ।
सेन्टरलाई उपत्यकामा स्थापित गराउन हिजोेको जग कमजोर थियो भने आज सम्भव थिएन । पत्रकार महासंको चुनावमा उपत्यका सहित ३ जिललामा प्रदेश चौतारी र युनियनको घेराबन्दी तोड्न सेन्टरसफल हुनु उपत्यकामा नवराज दाहाल, काठमाडौंमा सूर्य सुवेदी, भक्तपुरमा सञ्जिव शुभचिन्तक, ललितपुरमा रामहरि कार्कीहरूको खटाई प्रमुख हो । किराहरू यिनको पछि लागेका मात्र हुन् । बरु यिनले कोषाध्यक्षका उम्मेदवार र काठमाडौंमा वरिष्ठ उपाध्यक्ष र महासचिव केन्द्रमा हराए तर सदस्य थप्न खटेनन् । त्यही कारण नाउ लिएका कार्यकर्ता जो जहाँ खटे तिनको योगदान केन्द्रले कदर गर्न कति सक्छ ? अब उपत्यका इञ्चार्जको रुमपा नवराज दालहा खट्ने छन् । दाहाल निर्विरोध सचिव भए । उनले कृष्ण लेकालीलाई अनुशासन आयोग जस्तो ठाउँमा सचिव बनाउन जसरी केन्द्रीय निर्वाचन समितिसँग पहल गरे त्यो विवेक सम्वत देखियो । किनकि लेकालीलाई उनको क्षमताले नेतृत्वबाट टाढा पठाउने अवस्था थिएन । कमल गिरी आफैं पनि इमान्दार छन् । उनले बदमासी गर्दैनन्, संगठन बिगार्दैनन । छापा माध्यमको पत्रकारिताबटा आएको मान्छेले देशको पत्रकारिता हिजो, आज र भोलि बुझ्छ । जागिरे पत्रकार र मिशन पत्रकारिताबाट आएको श्रमजीवीबीचमा अन्तर हुन्छ । पार्टीका क्याडर मिशन पत्रकार हुन् । यहाँ संगठन प्रमुख कुरा हुन्छ, व्यक्ति आउनु जानु फरक पर्दैन । सेन्टरको नेतृत्वले नीति र रोजगारी कार्यक्रम श्रमजीवी पत्रकार मैत्री कति बनाउँछ प्रमुख पक्ष हो ।
२०८२ बैशाख ५
ताजा नेपाल
२०८२ बैशाख ५
ताजा नेपाल
२०८२ बैशाख ५
ताजा नेपाल