Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सैनिक अस्पतालमा ९ जनालाई कोरोना पुष्टि

काठमाडौं । नेपाली सेनाको वीरेन्द्र अस्पताल, छाउनीमा कार्यरत ९ जना सैनिक चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण कसरी फैलियो भन्ने विषयमा नेपाली सेनाको एक विशेष टोलीले अध्ययन गरिरहेको छ । संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा केही समयलाई स्थगित गरेर डिस्इन्फेक्ट गरिएको थियो । योसँगै हालसम्म नेपाली सेनाका ४०३ जना संक्रमित भएका छन् । तीमध्ये ११६ जना निको भएर फर्किएका छन् ।