Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि बिहीबार बिहान करिब २ः ३० बजे मुम्बईको खारमा रहेको निजी घरमा चक्कु प्रहार भएको छ । सैफको घाँटी, ढाड, हात र टाउकोमा चक्कु प्रहार भएको हो।
सैफलाई बिहान ३ः ३० बजे लीलावती अस्पताल ल्याइएको थियो । जहाँ उनको शल्यक्रिया गरिएको थियो । लीलावती अस्पतालका सीओओ डा।नीरज उत्तमानी सैफलाई ६ पटक छुरा प्रहार गरिएको बताएका छन्। तीमध्ये दुईवटा घाउ गहिरो छन् ।
मेरुदण्ड नजिकै पनि घाउ छ। डाक्टर लीना र डाक्टर नितिन डांगेले सैफको उपचार गरिरहेका छसैफको टोलीको आधिकारिक बयानमा उनको घरमा चोरीको प्रयास गरिएको भनिएको छ । आक्रमणमा सैफको घरकी एक कामदार पनि घाइते भएकी छन् । यता प्रहरीका डीसीपी दीक्षित गेडामले सैफको फर्च्युन हाइट्स खार स्थित घरमा राति एक व्यक्ति सैफको घरमा पसे र उनको कामदारसँग झगडा गरे । जब अभिनेताले ती व्यक्तिलाई रोक्ने प्रयास गरे, उनले सैफलाई आक्रमण गरे र उनी घाइते भए।
आक्रमणको समयमा परिवारका अन्य सदस्यहरू कहाँ थिए भन्ने जानकारी हालसम्म उपलब्ध छैन। करिश्मा कपूरले ९ घण्टाअघि इन्स्टाग्राम स्टोरीमा पोस्ट सेयर गरेकी थिइन् । डीसीपी गेडामले यस घटनामा अनुसन्धान भइरहेको बताए । अहिलेसम्म कोही पक्राउ परेका छैनन् । आक्रमणकारी को थिए भन्ने खुल्न सकेको छैन ।
मिडिया रिपोर्टका अनुसार मुम्बई पुलिसले सैफको घरबाट तीन जनालाई सोधपुछका लागि पुलिस स्टेसन लगेको छ। यसैबिच मुम्बई क्राइम ब्रान्चको टोली पनि यस विषयमा अनुसन्धान गर्न सैफको घर पुगेको छ ।
२०८१ माघ ३
ताजा नेपाल
२०८१ माघ ३
ताजा नेपाल
२०८१ माघ ३
ताजा नेपाल