Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। सरकार गठन भएको तीन हप्ता पुग्न लाग्दा पनि सरकारका मन्त्रीहरुको भागवण्डा मिल्न नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद विस्तार चाँडै टुँगो लगाउनेगरि काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल भएको हो । यसअघि भएको भेटमा तत्कालै मन्त्रिपरिषद् विस्तार गर्नेबारे दुई नेताबीच सहमति भएको भएपनि कुन मन्त्रलालय कुन पार्टीले लिने ? भन्ने विषयमा सहमति भैनसकेकोले मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको थियो । आज भएको भेटमा भने आउने सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गरिसक्ने सहमति भएको बालुवाटारनिकट स्रोतले जनाएको छ । माधव नेपाल समूह सरकारमा सहभागी नभएको खण्डमा कांग्रेसले ८, माओवादी कैन्द्र र जसपा नेपालले ७÷७ वटा मन्त्रालय लिने सहमति भएको छ । माओवादीले सरकारमा क–कसलाई पठाउने भनेर नाम टुँगो लगाउने जिम्मा अध्यक्ष दाहाललाई दिएको छ । उता, जसपाले पनि सरकारमा क–कसलाई पठाउने भन्नेबारे नाम तय गर्दैछ । त्यो भन्दा पहिले आज बस्ने बैठकले संसदीय दलको नेतासमेत चयन गर्ने जनाईएको छ ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल